आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

पलको बयान : पीडितसँग प्रेम सम्बन्ध थिएन, करणीको आरोप झुट

बिहीबार, ०३ चैत २०७८, २० : ३९
बिहीबार, ०३ चैत २०७८

अभिनेता पल शाहले १५ वर्ष ८ महिना चार दिनकी बालिकालाई करणी गरेको कुरालाई अस्वीकार गरेका छन् । नवलपुर जिल्ला अदालतमा दर्ता गरिएको अभियोग पत्रमा बयान दिँदै शाहले करणी गरेको कुरालाई अस्वीकार गरेका हुन् ।

पलले २०७८ सालको वैशाख महिनामा तनहुँमा म्युजिक भिडियोहरूको सुटिङ सकिएको दुई तीन महिनापछि पीडितले आफूलाई फोन गरि बाहिर सम्बन्धलाई लिएर चर्चा भइरहेको  बताएपछि आफूहरूबीच विवाद भएको जाएका छन् ।

बिबाद बढ्दा जाँदा '​तिमी आफ्नो तरिकाले गर भनि बादबिबाद भएको केही समयमा पीडितको तर्फबाट प्रहरीमा उजुरी परेको' उल्लेख गरेको बयानमा भनिएको छ । 

रिसोर्टमा आफूले पीडितलाई मादक पदार्थ सेवन गराई जबरजस्ती करणी गरेको भन्ने व्यहोरा झुटो भएको उनले बयानमा भनेका छन् । उनले बयानमा भनेका छन्, '​म र पीडितबीच प्रेम सम्बन्ध थिएन।'

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप