पलको बयान : पीडितसँग प्रेम सम्बन्ध थिएन, करणीको आरोप झुट
बिहीबार, ०३ चैत २०७८, २० : ३९
अभिनेता पल शाहले १५ वर्ष ८ महिना चार दिनकी बालिकालाई करणी गरेको कुरालाई अस्वीकार गरेका छन् । नवलपुर जिल्ला अदालतमा दर्ता गरिएको अभियोग पत्रमा बयान दिँदै शाहले करणी गरेको कुरालाई अस्वीकार गरेका हुन् ।
पलले २०७८ सालको वैशाख महिनामा तनहुँमा म्युजिक भिडियोहरूको सुटिङ सकिएको दुई तीन महिनापछि पीडितले आफूलाई फोन गरि बाहिर सम्बन्धलाई लिएर चर्चा भइरहेको बताएपछि आफूहरूबीच विवाद भएको जाएका छन् ।
बिबाद बढ्दा जाँदा 'तिमी आफ्नो तरिकाले गर भनि बादबिबाद भएको केही समयमा पीडितको तर्फबाट प्रहरीमा उजुरी परेको' उल्लेख गरेको बयानमा भनिएको छ ।
रिसोर्टमा आफूले पीडितलाई मादक पदार्थ सेवन गराई जबरजस्ती करणी गरेको भन्ने व्यहोरा झुटो भएको उनले बयानमा भनेका छन् । उनले बयानमा भनेका छन्, 'म र पीडितबीच प्रेम सम्बन्ध थिएन।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण