मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

भेरी नदीमा बेपत्ता बालबालिकाको शव भेटियो

शुक्रबार, ०४ चैत २०७८, ११ : ३१
शुक्रबार, ०४ चैत २०७८

गत शनिबार नुहाउने क्रममा भेरी नदीमा बेपत्ता भएका तीन जना बालबालिकाको शव भेटिएको छ । तीन जनामध्ये एक जनाको अस्ती बुधबार र दुईजनाको बिहीबार शव भेटिएको सुर्खेत प्रहरीले जनाएको छ।  जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डीएसपी रामप्रसाद घर्तीकाअनुसार लेकवेशी नगरपालिका–२ का ८ वर्षीय दिनेश बुढाको भेरीगंगा नगरपालिका–२ स्थित भेरी पुल नजिकै बुधबार शव भेटिएको थियो। 

यस्तै भेरीगंगा नगरपालिका–११ का १२ वर्षीय कृष्ण सिंजालीको बिहीबार दिउँसो दिउँसो १ बजे  र सोही ठाउँकी १२ बर्षीय गंगा खड्काको  बेलुकी पाँच बजेतिर शव भेटिएको हो।  दुबै जनाको शव भेरीगंगा नगरपालिका–१३ स्थित भेरी नदी किनारमा भेटिएको हो । घर्तीले भने,‘ बिहीबार भेटिएको दुवै जना बालबालिकाको शव पोष्टमार्टमका लागि मेहलकुना अस्पतालमा राखिएको छ ।’ उनीहरु गत शनिबार बेलुकी पाँच बजेतिर भेरीगंगा नगरपालिका–११ रामघाटस्थित भेरी नदीमा बेपत्ता भएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप