आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

विद्यालयलाई ज्योति विकास बैंकको सहयोग

शुक्रबार, ०४ चैत २०७८, १६ : ५६
शुक्रबार, ०४ चैत २०७८

ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत काठमाडौंको एक विद्यालयलाई सहयोग गरेको छ । बैंकले वसन्तपुरस्थित नव आदर्श माध्यमिक विद्यालयका  ३०० जना विद्यार्थीलाई पोशाक, स्कुल ब्याग, जुत्ता तथा स्टेशनरी सामग्री वितरण गरेको हो । 

विद्यालयमा आयोजित एक कार्यक्रममा बैंकका काठमाडौं क्षेत्रीय प्रमुख दिलिप राज बरालले ती सामग्रीहरु हस्तान्तरण गरेका हुन्। कार्यक्रममा बैंकका तर्फबाट मार्केटिङ विभाग प्रमुख बसन्त दाहाल र न्युरोड शाखा प्रबन्धक  जित बहादुर गुरुङ र नव आदर्श माध्यमिक विद्यालयका तर्फबाट विद्यालय व्यवस्थापन समितिका सदस्य विष्णु राज श्रेष्ठ,सहप्रध्यानाध्यापकद्वय बैकुण्ठ पौडेल र कृष्ण प्रसाद दवाडी लगायतको सहभागिता रहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप