आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

महँगी बढेको भन्दै निर्माण ठेकेदारले गरे काम रोक्ने तयारी

शुक्रबार, ०४ चैत २०७८, १७ : २५
शुक्रबार, ०४ चैत २०७८

पाए जति ठेक्का सकारेर काम अलपत्र पारिरहेका निर्माण ठेकेदारहरूले काम रोक्ने नयाँ बहाना पाएका छन् । बजारमा निर्माण सामग्रीको मूल्य अत्यधिक बढेको भन्दै नेपाल निर्माण व्यवसायी महासंघ (एफक्यान)ले ‘निर्माण होलिडे’ नै घोषणा गर्न लागेको हो । महँगीलाई कारण देखाउँदै ‘निर्माण होलिडे’ घोषणा गरेपछि काम गर्नु नपर्ने निर्माण व्यवसायीको बुझाइ छ ।

पेट्रोलियम पदार्थ र सबैखाले नदीजन्य तथा धातुजन्य सामग्रीको मूल्य बढेकाले काम गर्न नसकिने अवस्था आएको महासंघले दाबी गरेको हो । महासंघ अध्यक्ष रवी सिंहले बढेको मूल्य नघटेसम्म काम रोकेर ‘निर्माण होलिडे’ मनाउन लागिएको बताएका हुन् । 

विकास निर्माणका काम रोक्नेबारे जानकारी दिन महासंघले शुक्रबार पत्रकार सम्मेलन नै डाकेको थियो । सो सम्मेलनमा महासंघ अध्यक्ष सिंहले निर्माण सामग्रीमा भएको मूल्यवृद्धिको हिसाब पनि सुनाए । उनले प्रतिकिलो डण्डीको मूल्य चार महिनामै ६२ रुपैयाँबाट १२६ रुपैयाँ पुगेको र ६० रुपैयाँको बिटुमिन किन्न अहिले ११५ रुपैयाँ तिर्नुपरेको बताए । यस्तो महँगीबीच विकास निर्माणका काम अघि बढाउन नसकिने उनले दाबी गरे ।

महासंघले ‘काठमाडौं घोषणापत्र’ जारी गर्दै सार्वजनिक खरिद र निर्माणसम्बन्धी मौजुदा व्यवस्था परिमार्जन गर्नुपर्ने माग पनि राखेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप