महँगी बढेको भन्दै निर्माण ठेकेदारले गरे काम रोक्ने तयारी
पाए जति ठेक्का सकारेर काम अलपत्र पारिरहेका निर्माण ठेकेदारहरूले काम रोक्ने नयाँ बहाना पाएका छन् । बजारमा निर्माण सामग्रीको मूल्य अत्यधिक बढेको भन्दै नेपाल निर्माण व्यवसायी महासंघ (एफक्यान)ले ‘निर्माण होलिडे’ नै घोषणा गर्न लागेको हो । महँगीलाई कारण देखाउँदै ‘निर्माण होलिडे’ घोषणा गरेपछि काम गर्नु नपर्ने निर्माण व्यवसायीको बुझाइ छ ।
पेट्रोलियम पदार्थ र सबैखाले नदीजन्य तथा धातुजन्य सामग्रीको मूल्य बढेकाले काम गर्न नसकिने अवस्था आएको महासंघले दाबी गरेको हो । महासंघ अध्यक्ष रवी सिंहले बढेको मूल्य नघटेसम्म काम रोकेर ‘निर्माण होलिडे’ मनाउन लागिएको बताएका हुन् ।
विकास निर्माणका काम रोक्नेबारे जानकारी दिन महासंघले शुक्रबार पत्रकार सम्मेलन नै डाकेको थियो । सो सम्मेलनमा महासंघ अध्यक्ष सिंहले निर्माण सामग्रीमा भएको मूल्यवृद्धिको हिसाब पनि सुनाए । उनले प्रतिकिलो डण्डीको मूल्य चार महिनामै ६२ रुपैयाँबाट १२६ रुपैयाँ पुगेको र ६० रुपैयाँको बिटुमिन किन्न अहिले ११५ रुपैयाँ तिर्नुपरेको बताए । यस्तो महँगीबीच विकास निर्माणका काम अघि बढाउन नसकिने उनले दाबी गरे ।
महासंघले ‘काठमाडौं घोषणापत्र’ जारी गर्दै सार्वजनिक खरिद र निर्माणसम्बन्धी मौजुदा व्यवस्था परिमार्जन गर्नुपर्ने माग पनि राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
-
युक्रेनकाे तीव्र आक्रमण : रूसमा इन्धनको अभाव चर्कियो
-
अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण