शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

इमेलबाट राजीनामा पत्र पठाएका विष्टले प्रदेशसभा छाडेको सनाखत गराए

शुक्रबार, ०४ चैत २०७८, १९ : १९
शुक्रबार, ०४ चैत २०७८

गत फागुन २७ मा इमेल मार्फत राजीनामा पत्र दर्ता गराएका कर्णाली प्रदेशसभा सदस्य ठम्मर विष्टले प्रदेशसभा सदस्य छाडेको सनाखत गरेका छन् । बिहीबार सभामुख राजबहादुर शाही समक्ष उनले सनाखत गरेका हुन् । 

विष्टले काठमाडौंमा नै पत्रकार सम्मेलन गरेर पार्टी, प्रमुख सचेतक र प्रदेशसभा सदस्य पदबाट राजीनामाको घोषणा गरेका थिए । संविधानको धारा १८० को (क) मा प्रदेश सभा सदस्यको स्थान रिक्त हुने उल्लेख छ ।

उक्त उपधारामा निजले प्रदेशसभाको सभामुखसमक्ष लिखित राजीनामा दिएमा राजीनामा स्वीकृत भएको मानिने व्यवस्था छ ।

यद्यपि, बिहीबार नेकपा माओवादी केन्द्र संसदीय दलले भने विष्टलाई राजीनामा फिर्ता लिई नियमित कामकाजमा फर्कन तीनदिने अल्टिमेटम दिएको थियो । तर विष्टले पार्टी छाड्ने नै निर्णयमा पुगेको बताएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप