बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

माओवादी केन्द्र गुल्मीद्वारा निर्वाचन परिचालन समिति गठन

शुक्रबार, ०४ चैत २०७८, २१ : ०२
शुक्रबार, ०४ चैत २०७८

नेकपा  माओवादी केन्द्र गुल्मीले  जिल्लास्तरीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । शुक्रबार बुटवलमा बिस्तारित बैठक राखेर गुल्मीका निवर्तमान  जिल्ला पार्टी संयोजक वीरबहादुर कार्की (चाहल) को संयोजकत्वमा ५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन भएको हो ।

कमिटीमा लुम्बिनी प्रदेश कमिटी सदस्य,पालिका पार्टी प्रमुख ,जनवर्गीय संगठनका केन्द्रिय सदस्य र जिल्ला अध्यक्ष समेत रहने भएका छन् । त्यस्तै बैठकले वर्तमान जिल्ला पार्टी संयोजक वुद्धि जिसीको संयोजकत्वमा ९ सदस्यीय निर्वाचन आर्थिक ब्यवस्थापन समिति गठन गरिएको छ । 

त्यस्तै लुम्बिनी प्रदेश कमिटीका सदस्य समेत रहेका निवर्तमान  संयोजक कार्कीको संयोजकत्वमा  वर्तमान  संयोजक र अर्का नेता युवराज केसीसहित ३ सदस्यीय अन्तरपार्टी चुनावी गठबन्धन सम्वाद समिति पनि गठन गरिएको बैठकमा सहभागी अनेरास्वियू (क्रान्तिकारी) का लुम्बिनी प्रदेश कमिटी सदस्य घनश्याम खरेलले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप