शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

विप्लवको प्रतिवदेन : चुनावलाई उपयोग गरेर अगाडि बढौँ

शुक्रबार, ०४ चैत २०७८, २१ : ०२
शुक्रबार, ०४ चैत २०७८

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय समितिको बैठकमा महासचिव विप्लवले स्थानीय तहको निर्वाचनमा सहभागी हुनपर्ने प्रतिवेदन पेश गरेका छन् । शुक्रबारदेखि कपिलबस्तमा सुरु भएको केन्द्रीय कमिटी बैठकमा महासचिव विप्लवले पेश गरेको प्रतिवेदनमा सरकारले घोषणा गरेको स्थानीय तहको चुनावलाई उपयोग गरेर जानु पर्ने उल्लेख गरिएकाे छ ।  

नेकपा स्रोतका अनुसार विप्लवले केन्द्रीय सदस्यहरुलाई दिएको प्रतिवेदनमा चुनावलाई उपयोग गरेर जानुपर्ने उल्लेख गरिएको छ । उनले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि शनिबार बस्ने बैठकमा छलफल हुनेछ । नेकपा स्रोतले भन्यो- ‘प्रतिवेदनमा अन्य विषयहरु पनि छन् तर बिशेष निर्वाचनलाई केन्द्र बनाएको छ । बैठकमा त्यसै विषयमा गहन छलफल हुने छ ।’ आजको बैठकमा ६९ जना केन्द्रीय सदस्य र ४ जना सल्लाहकारको उपस्थिती रहेको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप