माधव नेपाललाई सम्झेर घृणा गर्ने समय आएको छ : शंकर पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले माधवकुमार नेपाललाई सम्झेर घृणा गर्ने बेला आएको बताएका छन् । पार्टीको भक्तपुर जिल्ला कमिटीले मध्यपुर थिमिमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले भने, ‘हिजोका माधव नेपाललाई होइन आजको उनको कामलाई सम्झेर घृणा गर्ने बेला आएको छ ।’
नेकपा समाजवादीका अध्यक्ष माधव नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली कम्युनिस्ट आन्दोलनको अभिशापको रुपमा रहेको उनले आरोप लगाए । ‘एक्लै हिँड्न नसक्ने भएर उनीहरु काङ्ग्रेस सभापति शेरबहादुर देउवाको फेरो समातेर नेपालमा समाजवाद ल्याउने सपना देख्दैछन्’ महासचिव पोखरेलले भने ।
प्रचण्ड र माधव नेपाल देउवासँग गएपनि एमालेलाई केही मतलव नभएको तर बाटो बिराएका कार्यकर्तालाई चाहिँ फर्काउन उनले नेता–कार्यकर्तालाई निर्देशन दिए । एमालेका नेता कार्यकर्तालाई सम्बोधन गर्दै पोखरेलले पार्टीले विगतमा गरेका उत्कृष्ट कामको प्रचारप्रसार गरेर बैशाख ३० गते हुने निर्वाचनमा जनतासामु जान आग्रह समेत गरेका छन् ।
‘एउटा घरपनि नछुटाउनुस्, सबैलाई भेट्नुस् आजैदेखि चुनावमा लाग्नुस्’ एमाले पोखरेलले भने । ‘भक्तपुरमा नेमकिपाका कारण राष्ट्रिय राजनीतिमा पहुँच पुर्याउने नेता नभएकाले त्यसबारे लाग्ने समय आएको छ’ उनले भने ।
कार्यक्रममा एमाले उपमहासचिव प्रदिप ज्ञवालीले कमजोरहरुले नै गठवन्धन बनाउँदै हिँड्ने भएकाले त्यो देखेर डराउन नहुने बताए ।
प्रचण्डले यता नभए उता सहकार्य गर्ने भन्दै घुर्की लगाएर हिँड्नु आफ्नो उचाई घटाउनुमात्र भएको उनको आरोप छ । कार्यक्रममा एमालेका नेताहरु काशीनाथ अधिकारी, वचन देउजा, बासुदेव थापा, मोहनवीर श्रेष्ठ लगायतले पार्टीलाई जिताउन सबै एकजुट हुनुपर्ने बेला आएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण