मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

माधव नेपाललाई सम्झेर घृणा गर्ने समय आएको छ : शंकर पोखरेल

शनिबार, ०५ चैत २०७८, १५ : ४९
शनिबार, ०५ चैत २०७८

नेकपा एमालेका महासचिव शंकर पोखरेलले माधवकुमार नेपाललाई सम्झेर घृणा गर्ने बेला आएको बताएका छन् ।  पार्टीको भक्तपुर जिल्ला कमिटीले मध्यपुर थिमिमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले भने, ‘हिजोका माधव नेपाललाई होइन आजको उनको कामलाई सम्झेर घृणा गर्ने बेला आएको छ ।’ 

नेकपा समाजवादीका अध्यक्ष माधव नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली कम्युनिस्ट आन्दोलनको अभिशापको रुपमा रहेको उनले आरोप लगाए ।  ‘एक्लै हिँड्न नसक्ने भएर उनीहरु काङ्ग्रेस सभापति शेरबहादुर देउवाको फेरो समातेर नेपालमा समाजवाद ल्याउने सपना देख्दैछन्’ महासचिव पोखरेलले भने । 

प्रचण्ड र माधव नेपाल देउवासँग गएपनि एमालेलाई केही मतलव नभएको तर बाटो बिराएका कार्यकर्तालाई चाहिँ फर्काउन उनले नेता–कार्यकर्तालाई निर्देशन दिए ।  एमालेका नेता कार्यकर्तालाई सम्बोधन गर्दै पोखरेलले पार्टीले विगतमा गरेका उत्कृष्ट कामको प्रचारप्रसार गरेर  बैशाख ३० गते हुने निर्वाचनमा जनतासामु जान आग्रह समेत गरेका छन् । 

‘एउटा घरपनि नछुटाउनुस्, सबैलाई भेट्नुस् आजैदेखि चुनावमा लाग्नुस्’ एमाले पोखरेलले भने । ‘भक्तपुरमा नेमकिपाका कारण राष्ट्रिय राजनीतिमा पहुँच पुर्याउने नेता नभएकाले त्यसबारे लाग्ने समय आएको छ’ उनले भने । 
कार्यक्रममा एमाले उपमहासचिव प्रदिप ज्ञवालीले कमजोरहरुले नै गठवन्धन बनाउँदै हिँड्ने भएकाले त्यो देखेर डराउन नहुने बताए ।

प्रचण्डले यता नभए उता सहकार्य गर्ने भन्दै घुर्की लगाएर हिँड्नु आफ्नो उचाई घटाउनुमात्र भएको उनको आरोप छ ।  कार्यक्रममा एमालेका नेताहरु काशीनाथ अधिकारी, वचन देउजा, बासुदेव थापा, मोहनवीर श्रेष्ठ लगायतले पार्टीलाई जिताउन सबै एकजुट हुनुपर्ने बेला आएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप