दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार रकम पनि न्यून
आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १४ अंकले घटेको छ । कारोबार बढेर सुरू भएपनि अन्तिम समयमा १४ अंकले घटेर बन्द भएको हो । १४ अंकले घटेसँगै परिसूचक २६ सय १६ अंकमा आइपुगेको छ ।
यसक्रममा आज २ अर्ब २७ करोड रुपैयाँ बराबरको ४२ लाख ८७ हजार कित्ता बराबरको सेयर खरिद बिक्री भएको छ । परिसूचक घटेको दिन लगानी समूहबाहेक सबै समूहमा गिरावट आएको छ ।
लगानी समूह १.४४ अंकले बढेको छ । यसबाहेक, जीवन बीमा समूह १९७ अंकले घटेको छ भने निर्जीवन बीमा समूह ७४ अंकले घटेको छ । यसैगरी, उत्पादनमूलक समूह ६८ अंकले घटेको छ भने होटल एण्ड टुरिजम समूह ६३ अंकले घटेको छ ।
बजार घटेपनि राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ६२५ रुपैयाँ पुगेको छ । यस्तै, इमर्जिङ नेपालको सेयर मूल्य ९.९९ प्रतिशतले बढ्दै प्रतिकित्ता ५१९ रुपैयाँ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन नगर्ने निर्णय सुशासन विरुद्ध: राष्ट्रिय जनमोर्चा
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण