शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार रकम पनि न्यून

आइतबार, ०६ चैत २०७८, १५ : ३०
आइतबार, ०६ चैत २०७८

आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १४ अंकले घटेको छ । कारोबार बढेर सुरू भएपनि अन्तिम समयमा १४ अंकले घटेर बन्द भएको हो । १४ अंकले घटेसँगै परिसूचक २६ सय १६ अंकमा आइपुगेको छ ।

यसक्रममा आज २ अर्ब २७ करोड रुपैयाँ बराबरको ४२ लाख ८७ हजार कित्ता बराबरको सेयर खरिद बिक्री भएको छ । परिसूचक घटेको दिन लगानी समूहबाहेक सबै समूहमा गिरावट आएको छ ।

लगानी समूह १.४४ अंकले बढेको छ । यसबाहेक, जीवन बीमा समूह १९७ अंकले घटेको छ भने निर्जीवन बीमा समूह ७४ अंकले घटेको छ । यसैगरी, उत्पादनमूलक समूह ६८ अंकले घटेको छ भने होटल एण्ड टुरिजम समूह ६३ अंकले घटेको छ ।

बजार घटेपनि राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ६२५ रुपैयाँ पुगेको छ । यस्तै, इमर्जिङ नेपालको सेयर मूल्य ९.९९ प्रतिशतले बढ्दै प्रतिकित्ता ५१९ रुपैयाँ पुगेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप