बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

बक्यौता रकम नतिर्ने एयरलाइन्स कम्पनीलाई प्राधिकरणको सातदिने अल्टिमेटम, नतिरे बैंक खाता र भिसा रोक्का गरिने

आइतबार, ०६ चैत २०७८, २० : २९
आइतबार, ०६ चैत २०७८

नेपाल नागरिक उड्डयन प्राधिकरणले सञ्चालनमा नरहेको सात एयरलाइन्स कम्पनीलाई साता दिनभित्र बक्यौता तिर्न निर्देशन दिएको छ । प्राधिकरणले सञ्चालनमा नरहेको तर करोडौं रुपैयाँ तिर्न बाँकी रहेका एयरलाइन्स कम्पनीलाई सात दिन भित्र बक्यौता तिर्न निर्देशन दिएको हो ।

पटक–पटक रकम तिर्न अनुरोध गर्दा पनि नतिरेका कम्पनीले अबको एक साता भित्र प्राधिकरणको नाममा रहेको वाणिज्य बैंकको खातामा रकम जम्मा गर्नुपर्ने छ । यदी बक्यौता रकम तिर्न नपर्ने भएका कारणसहित प्राधिकरणमा पेस गर्नुपर्ने छ । तर, कारण पनि पेस नगर्ने र बक्यौता रकम पनि नतिर्ने कम्पनीलाई कडा कारबाही गर्ने प्राधिकरणले चेतावनी दिएको छ ।

प्राधिकरणले तोकिएको समयमा बक्यौता रकम नतिरेमा सञ्चालकको नाममा रहेको बैंक खाता रोक्का गर्ने बताएको छ । यस्तै, सञ्चालकको पासपोर्ट रोक्का गरेर नेपाल बाहिर जान नपाउने व्यवस्था समेत गर्ने चेतावनी दिएको छ ।

यसअघि, बक्यौता बाँकी रहेका कम्पनीलाई बाँकी रकम तिर्न प्राधिकरणले तीन पटकसम्म सूचना जारी गरेको थियो । तर, उक्त समयमा एयरलाइन्स कम्पनीहरूले बक्यौता रकम तिर्न अस्वीकार गर्दै प्राधिकरणको सूचनालाई वेवास्ता गरेका थिए ।

नेकोन एयर, शिवानी एयर, गोरखा एयर, माउन्टेन एयर, कस्मिक एयर, स्काईलाइन एयरवेज र एयर काष्ठमण्डपले प्राधिकरणलाई करोडौं रुपैयाँ तिर्न बाँकी छ । यी कम्पनीले तोकिएको समयमा बक्यौता रकम नतिरेमा विमानस्थल सेवा शूल्क नियमावली २०६७, को नियम ३० ९३० बमोजिम कारबाही गरेर नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ दफा २७ बमोजिम सञ्चालकको बैंक खाता र पासपोर्ट रोक्का गर्ने उल्लेख गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप