बक्यौता रकम नतिर्ने एयरलाइन्स कम्पनीलाई प्राधिकरणको सातदिने अल्टिमेटम, नतिरे बैंक खाता र भिसा रोक्का गरिने
नेपाल नागरिक उड्डयन प्राधिकरणले सञ्चालनमा नरहेको सात एयरलाइन्स कम्पनीलाई साता दिनभित्र बक्यौता तिर्न निर्देशन दिएको छ । प्राधिकरणले सञ्चालनमा नरहेको तर करोडौं रुपैयाँ तिर्न बाँकी रहेका एयरलाइन्स कम्पनीलाई सात दिन भित्र बक्यौता तिर्न निर्देशन दिएको हो ।
पटक–पटक रकम तिर्न अनुरोध गर्दा पनि नतिरेका कम्पनीले अबको एक साता भित्र प्राधिकरणको नाममा रहेको वाणिज्य बैंकको खातामा रकम जम्मा गर्नुपर्ने छ । यदी बक्यौता रकम तिर्न नपर्ने भएका कारणसहित प्राधिकरणमा पेस गर्नुपर्ने छ । तर, कारण पनि पेस नगर्ने र बक्यौता रकम पनि नतिर्ने कम्पनीलाई कडा कारबाही गर्ने प्राधिकरणले चेतावनी दिएको छ ।
प्राधिकरणले तोकिएको समयमा बक्यौता रकम नतिरेमा सञ्चालकको नाममा रहेको बैंक खाता रोक्का गर्ने बताएको छ । यस्तै, सञ्चालकको पासपोर्ट रोक्का गरेर नेपाल बाहिर जान नपाउने व्यवस्था समेत गर्ने चेतावनी दिएको छ ।
यसअघि, बक्यौता बाँकी रहेका कम्पनीलाई बाँकी रकम तिर्न प्राधिकरणले तीन पटकसम्म सूचना जारी गरेको थियो । तर, उक्त समयमा एयरलाइन्स कम्पनीहरूले बक्यौता रकम तिर्न अस्वीकार गर्दै प्राधिकरणको सूचनालाई वेवास्ता गरेका थिए ।
नेकोन एयर, शिवानी एयर, गोरखा एयर, माउन्टेन एयर, कस्मिक एयर, स्काईलाइन एयरवेज र एयर काष्ठमण्डपले प्राधिकरणलाई करोडौं रुपैयाँ तिर्न बाँकी छ । यी कम्पनीले तोकिएको समयमा बक्यौता रकम नतिरेमा विमानस्थल सेवा शूल्क नियमावली २०६७, को नियम ३० ९३० बमोजिम कारबाही गरेर नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ दफा २७ बमोजिम सञ्चालकको बैंक खाता र पासपोर्ट रोक्का गर्ने उल्लेख गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण