आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : निर्वाचन आयोगको निर्णयप्रति ओली असन्तुष्ट, ‘हाइप्रोफाइल’ मुछिएको मुद्दा ‘हेर्दाहेर्दै’मा

चैतभित्रै स्थानीय तहको उम्मेदवार टुंग्याउने तयारीमा काँग्रेस
आइतबार, ०६ चैत २०७८, २० : ५८
आइतबार, ०६ चैत २०७८

आज २०७८ चैत ६ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

आजका मुख्य समाचारमा निर्वाचन आयोगको निर्णयप्रति ओली असन्तुष्ट, चैतभित्रै स्थानीय तहको उम्मेदवार टुंग्याउने तयारीमा काँग्रेस, माओवादी पहिलो शक्ति बन्न सक्छ : प्रचण्ड, क्रिप्टोकरेन्सीको प्रचार आरोपमा नायिका प्रियंका कार्कीसँग प्रहरीले लियो बयान, माओवादीबाट निष्कासित विष्ट एमालेमा, नयाँ प्रतिरोधी संघर्ष निर्माणमा वैद्यको जोड, विप्लव नेतृत्वको पार्टीलाई चुनावमा जान कति सहज ?, ‘हाइप्रोफाइल’ मुछिएको मुद्दा ‘हेर्दाहेर्दै’मा लगायत छन् ।

१. निर्वाचन आयोगको निर्णयप्रति ओली असन्तुष्ट
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको उम्मेदवारी दर्ताका लागि दुई दिन निर्धारण गर्ने निर्वाचन आयोगको निर्णयप्रति असन्तोष प्रकट गरेका छन् । उनले आयोगलाई ‘उम्मेदवारी दर्ताका लागि दुई दिन किन ?’ भन्ने प्रश्नसमेत गरेका छन् । आइतबार इलाममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कम्युनिस्टकै बर्को ओढेकाहरुले कम्युनिस्ट सरकार ढालेको आरोपसमेत लगाए ।

२. चैतभित्रै स्थानीय तहको उम्मेदवार टुंग्याउने तयारीमा काँग्रेस
नेपाली काँग्रेसले चैतभित्रै स्थानीय तहका उम्मेदवार टुंग्याउने तयारी गरेको छ । सो पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले चुनावमा गठबन्धन हुने या नहुनेबारे पार्टीको यही ११ गते बस्ने बैठकले सैद्धान्तिक निर्णय गर्न सक्ने बताए । उनले चुनावमा गठबन्धनको सम्भावनालाई नकार्न नसकिने पनि प्रस्ट पारे । पार्टी स्थानीय तहको निर्वाचन तयारीमा होमिएको भए पनि काँग्रेस मुख्यालयमा भने उसको भ्रातृ संगठन नेविसंघका असन्तुष्ट नेता–कार्यकर्ता धर्नामा बसेका छन् । महाधिवेशनको माग गर्दै उनीहरु धर्नामा बसेका हुन् ।

​३. क्रिप्टोकरेन्सीको प्रचार आरोपमा नायिका प्रियंका कार्कीसँग प्रहरीले लियो बयान
क्रिप्टोकरेन्सीको प्रचार गरेको आरोपमा नेपाली चलचित्रकी नायिका प्रियंका कार्कीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले सोधपुछ गरेको छ । आइतबार ब्यूरोले बोलाएपछि महाराजगञ्जस्थित ब्यूरोको कार्यालयमा गएकी कार्कीले प्रहरीसँग आफूले क्रिप्टोकरेन्सीको प्रचार नगरेको दाबी गरेकी छिन् । उनले अनुसन्धानमा सघाउनेसमेत जनाएकी छन् ।

४. माओवादी पहिलो शक्ति बन्न सक्छ : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा माओवादी केन्द्र पहिलो शक्ति बन्न सक्ने बताएका छन् । कार्यकर्ता प्रशिक्षणका क्रममा उनले शान्ति सम्झौता गरेर आउँदा पनि कसैले माओवादीले चुनाव जित्छ भन्न नसकेको उदाहरण दिँदै अहिले पनि त्यस्ता पूर्वानुमानलाई गलत साबित गर्दै माओवादी पहिलो शक्ति बन्न सक्ने बताए । उनले निर्वाचनमा गठबन्धनबीच तालमेल हुने बताए ।

नेकपा माओवादी केन्द्रबाट निष्कासित ठम्मरबहादुर विष्ट नेकपा एमालेमा प्रवेश गरेका छन् । उनी माओवादी केन्द्रको कर्णाली प्रदेशसभा संसदीय दलको प्रमुख सचेतक थिए । आइतबार वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रममा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उनलाई पार्टीमा प्रवेश गराएका हुन् । 

६. नयाँ प्रतिरोधी संघर्ष निर्माणमा वैद्यको जोड
नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ले नयाँ प्रतिरोधी संघर्ष निर्माणमा जोड दिएका छन् । उनले प्रतिक्रियावादी र संशोधनवादी सत्ता र संस्कृतिका विरुद्ध क्रान्तिकारीहरुले प्रतिरोध संघर्षलाई सशक्त रुपमा अघि बढाउनुपर्ने बताए ।

७. विप्लव नेतृत्वको पार्टीलाई चुनावमा जान कति सहज ?
विप्लव नेतृत्वको नेकपा आगामी चुनावमा भाग लिने कि नलिने भन्ने निर्णय गर्दैछ । सोही निर्णयका लागि उसले केन्द्रीय कमिटीको बैठक छलफल जारी राखेको छ । यद्यपि, निर्वाचन आयोगमा दर्ता नै नभएको सो दलले चुनावमा जाने निर्णय गरेको खण्डमा उसलाई कसरी सहभागी गराउने भन्ने सवालमा पनि चुनौती कायमै छ ।

दुई वर्षअघि काठमाडौँको बूढानीलकण्ठमा भएको सवारी दुर्घटनापछि ज्यान गएको मुद्दा अब नियमित सुनुवाइमा पुगेको छ । आइतबार नियमित पेसीमा चढेको सो मुद्दामाथिको बहस नसकिएपछि न्यायाधीश सूर्यप्रसाद अधिकारीले हेर्दाहेर्दैमा राखेका हुन् । उक्त मुद्दामा प्रतिवादी ‘हाइप्रोफाइल’ का छन् । 

९. चुनाव केन्द्रित भयो जनमत पार्टी
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिएसँगै सीके राउत नेतृत्वको जनमत पार्टीले चुनावी   गतिविधिलाई अघि बढाएको छ । पार्टीले चुनाव केन्द्रित गतिविधिसँगै किसान आन्दोलनलाई समेत जोड्ने भएको छ । 

१०. शेयर बजारमा दोहोरो अंकको गिरावट
आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १४ अंकले घटेको छ । कारोबार बढेर सुरु भए पनि अन्तिम समयमा १४ अंकले घटेर बन्द भएको हो । 

११. एमसीसी पारित भइसकेपछि चिनियाँ विदेशमन्त्रीको प्रस्तावित भ्रमण नेपालका लागि अवसर कि चुनौती ?
चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणको मिति सार्वजनिक नभए पनि यसै महिनाको दोस्रो साता आउन सक्ने सम्भावना औंल्याइएको छ । संघीय संसदबाट अमेरिकी सहयोग परियोजना ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन’ (एमसीसी) अनुमोदन भएलगत्तै चिनियाँ विदेशमन्त्रीको प्रस्तावित भ्रमणलाई निकै चासोका साथ हेरिएको छ ।

कुटनीतिक मामिलाका जानकारहरु भने चिनियाँ विदेशमन्त्रीको भ्रमणलाई नियमित भ्रमणको रुपमा बुझ्नुपर्ने र आपसमा रहेका असमझदारी तथा अविश्वास हटाउने एउटा अवसरका रुपमा लिनुपर्नेमा जोड दिन्छन् । 

यातायात व्यवस्था कार्यालय बागमतीको एकान्तकुना स्थित सानाठूला सवारीको दर्ता किताब नै बिचौलियाको झोलामा भेटिएको छ । आइतबार महानगरीय प्रहरी परिसर ललितपुरले यातायात कार्यालयको दर्ता किताब र कार्यालयका छाप सहित एक जनालाई पक्राउ गरेको छ । 

स्थापना भएको २ वर्ष नबित्दै बागमती प्रदेशको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान राजनीतिक चलखेलको सिकार बन्न पुगेको छ । डोरमणि पौडेल नेतृत्वकै सरकारको पालामा स्थापना भएको यस प्रतिष्ठान राजनीतिक अस्थिरताको चपेटामा परेको हो ।

नेपाल प्रहरीमा ३ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)लाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न सिफारिस गरेको निर्णयविरुद्ध उजुरी परेको छ । बढुवाको प्रतिस्पर्धामा रहेका डीआईजी घनश्याम अर्यालले बढुवा समितीको निर्णय बिरुद्ध सुनुवाई सचिवालयमा उजुरी दिएका हुन्  ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप