टोटेनहमको जितमा सनको दुई गोल
सन ह्युङ मिनको दुई गोलको सहयोगमा टोटेनहमले प्रिमियर लिग फुटबलमा सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा टोटेनहमले वेस्ट ह्याम युनाइटेडलाई ३–१ गोल अन्तरले हराएको हो । घरेलु मैदानमा खेलको टोटेनहमलाई जित दिलाउन सन ह्युङ मिनले दुई गोल गरे । एक गोल टोटेनहमले आत्मघाती उपहार पाएको थियो ।
उता वेस्ट हमका लागि सेद बेन्रहामले एक गोल फर्काए । खलेको नवौं मिनेटमा कुर्ट जोउमाको आत्मघाती गोलबाट टोटेनहमले अग्रता बनाएको थियो । २४औं मिनेटमा सनले गोल दर्गै टोटेनहमको अग्रता दोब्बर पारे ।
वेस्ट हमका लागि ३५औं मिनेटमा सेदले गोल गर्दै टिमलाई २–१ को स्थितमा ल्याए ।
यता टोटेनमहका लागि ८८ औं मिनेटमा सनले व्यक्तिगत दोस्रो गोल टिमलाई ३–१ को जित दिलाए । जितसँगै टोटेनहमले २९ खेलमा ५१ अंक जोडेको छ । टोटेनहम पाँचौं स्थानमा उक्लिएको छ । पराजित वेस्ट हम ४८ अंक जोडेर सातौं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरेक झगडाले टुट्दैन सम्बन्ध तर यी बानीले सुटुक्क मार्छन् माया
-
राष्ट्रिय सभा बैठक बस्दै : ९ मन्त्रीले सांसदका प्रश्नको जवाफ दिने
-
न्याय परिषद् ऐनमा एक महिना, व्यवहारमा वर्षौँ : कहिले होला सर्वोच्च पूर्ण ?
-
प्रतिनिधि सभा बैठक बस्दै: चार मन्त्रीले विभिन्न विधेयक र प्रस्ताव पेस गर्ने
-
ढिला गरी सुरु भयो इंग्ल्याण्ड र मेक्सिकोबिचको खेल
-
हुथी विद्रोहीको आक्रमणमा १६ सैनिकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण