नेप्सेमा १७ अंकको सुधार, कारोबार २ अंकमा सिमित
आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १७ अंकले बढेको छ । कारोबार घटेर सुरू भएपनि अन्तिम समयमा सुधार आउँदा परिसूचक १८ अंकले बढेको हो । दोहोरो अंकले बढेसँगै नेप्से परिसूचक २६ सय ३४ अंकमा पुगेर रोकिएको छ ।
यसक्रममा २ अर्ब ५९ करोड रुपैयाँ बराबरको ५१ लाख ८९ हजार कित्ता सेयर किनबेच भएको छ । कारोबार रकम न्यून रहेपनि कारोबार भएका १३ मध्ये. ११ समूहमा सुधार आएको छ । जीवन बीमा समूह १६८ अंकले बढ्दा विकास बैंक समूह १३२ अंकले बढेको छ ।
यस्तै, जलविद्युत समूह ८३ अंकले बढेको छ भने निर्जीवन बीमा समूह ५६ अंकले बढेको छ । यस्तै, आज होटल एण्ड टुरिजम समूह १३ अंकले र अन्य समूह ४२ अंकले घटेको छ । बजार दोहोरो अंकले बढेको दिन इमर्जिङ नेपाल कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ । करिब १० प्रतिशतले बढेसँगै कम्पनीको सेयर मुल्य प्रतिकित्ता ५७१ अंक पुगेको छ । कारोबार सुरू भएदेखि नै बढ्न थालेको कम्पनीमा लगातार सकरात्मक सर्किट लागेको हो ।
आज नेप्सेमा नेपाल टेलिकमको सेयर सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको सेयर २० करोड ९४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यसपछि अरुण भ्याली हाइड्रोपावर विकास कम्पनीको सेयर ९ करोड २३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
नेप्से परिसूचक हिजो आइतबार १४ अंकले घटेको थियो । त्यसक्रममा २ अर्ब २७ करोड रुपैयाँ बराबरको ४२ लाख ८७ हजार कित्ता सेयर किनबेच भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन नगर्ने निर्णय सुशासन विरुद्ध: राष्ट्रिय जनमोर्चा
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण