नबिल बैंक र पर्यटन व्यवसायी महिला संघबीच साझेदारी
महिला र युवाहरूमा क्यूआर कोड र डिजिटल उत्पादनहरू प्रवद्र्धन गर्न नबिल बैंकले पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) सँग साझेदारी गरेको छ । पोखरामा आयोजित एक कार्यक्रम बीच बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र टेवानको तर्फबाट अध्यक्ष रेनु थापाले साझेदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।
वित्तीय साक्षरता, वित्तीय पहुँच र डिजिटल वित्तीय समाधानहरू मार्फत महिलाहरूलाई पर्यटन उद्यमहरू सञ्चालन गर्न तथा डिजिटल माध्यमहरुको प्रवद्र्धन गर्ने उद्देश्यले गरिएको उक्त कार्यक्रममा बोल्दै नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले यस सहकार्य महत्त्वपूर्ण हुने बताउदै यसले महिला व्यवसायीलाई डिजिटल बैंकिंङ क्षेत्रमा आबद्ध गर्दै दिगो विकास गर्नमा कोसेढुंगा साबित हुने बताए ।
त्यस्तै कार्यक्रममा टेवानका अध्यक्ष रेनु थापाले नबिल बैंकले टेवानलाई रोजेकोमा धन्यवाद दिदै महिला व्यवसायीको प्रवर्धनमा बैंक संग हातेमालो गर्दै सँगै अघि बढ्ने बताइन् ।
कार्यक्रममा केहि महिला उद्यमीलाई नबिल क्यूआर कोड पनि हस्तान्तरण गरिएको थियो । कार्यक्रममा टेवान संस्थापक अध्यक्ष लक्की कार्की क्षेत्री, नबिल बैंक एसएमई तथा लघुवित्त कर्जा प्रमुख निरज कुमार बस्नेत (डनिल), दायित्व व्यवस्थापन, कर्पोरेट कम्युनिकेशन तथा सि. एस. आर. प्रमुख कृष्ण सुवेदी, नबिल बैंक गण्डकी प्रदेश प्रमुख सुर्य बहादुर रोकाको उपस्थिती थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
-
तन्त्रमन्त्र गरेर पेट्रोल बचाइदिने आश्वास दिँदै रुसी तान्त्रिकको यस्तो धन्दा
-
प्रचण्डसँग को–को गए श्रीलंका ?
-
आर्थिक वर्ष २०८३/८४ मा सरकारले कुन मन्त्रालयबाट कति विधेयक संघीय संसद्मा पेस गर्दैछ ?
-
पोखरीमा हाम फालेर बेपत्ता भएका भारतीय युवक मृत फेला
-
अमेरिकी नौसैनिक नाकाबन्दी पुनः लागू भएपछि बढ्यो विश्व बजारमा तेलको भाउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण