शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

लाजिम्पाटमा छाएको सन्नाटा, रोकिएन सीताको आँशु (फोटोफिचर)

बिहीबार, ०७ मङ्सिर २०७४, १६ : २२
बिहीबार, ०७ मङ्सिर २०७४

काठमाडौं– लाजिम्पाटस्थित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमा सधैँ झैं चहलपहल थियो । निकै व्यस्त पनि थियो । ती व्यवस्तता  विगतमा प्रायः राजनीतिक हुन्थ्यो । 
तर आज प्रचण्ड निवासको ग्राउण्ड एक दुःखद घटना कारण भरीभराउ थियो । अर्थात प्रचण्डपुत्र प्रकाश दाहालको आइतबार निधन भएपछि आयोजित श्रद्धाञ्जली कार्यक्रमले  ग्राण्उड भरिएको थियो । 
कार्यक्रममा उपस्थित सबै  मलिन   मुहारमा देखिन्थे ।  विगतमा पद र प्रतिष्ठा पाउने र माग्नेले भरीभराउ हुने लाजिम्पाट शोकले आँसुमा डुवेको थियो ।

उपस्थित विभिन्न दलका नेता, कार्यकर्ता, विदेशी मुलुकका कुटनीतिक नियोगका व्यक्तित्वहरु तथा  विभिन्न पेसाव्यवसायमा संलग्नहरुकोहरु शोकाकुल प्रचण्ड परिवारको मनमा मल्हमपट्टी लगाउन पुगेका निःशब्द थिए।  


मञ्चको भित्तामा साकार दाहल ‘प्रकाश’को फोटा थियो । त्यही मञ्चको मुनी प्रचण्ड र सीता दाहाल आएर बस्दै गर्दा सबैको नजर उनीहरुमै थियो । प्रचण्डले आफ्नो मनको दुःख र पीडा लुकाएको देखिए पनि सीताको आँखा ओभानो थिएन ।

पुत्र वियोगको पीडाले सीताको आँखाबाट बरबरी आँसु झरिरहेका थिए । 
विक्षिप्त सीताको अवस्था देखेर लाजिम्पाटमा सन्नाटा छाएको थियो । 


प्रकाशप्रति श्रद्धाञ्जली अर्पण गर्न पराष्ट्रपति नन्दकिशोर पुन, उनकी पत्नी हस्तमाली पुन, पूर्वसभामुख ओनसरी घर्तीमगर, पूर्व प्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, नेकपा माओवादी (क्रान्तिकारी)का अध्यक्ष मोहन वैद्य ‘किरण’, नेकपा मशालका महामन्त्री मोहनविक्रम सिंह, पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादु चन्द लगायतका नेताहरु समेत लाजिम्पाट पुगेका थिए। 

 

 


 

लाजिम्पाटमा छाएको सन्नाटा, रोकिएन सीताको आँशु (फोटोफिचर)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण गिरी
कृष्ण गिरी

कृष्ण गिरी रातोपाटीका लागि राजनीति क्षेत्रको रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप