घुससहित पक्राउ परेका देवाही गोनाहीका मेयर धरौटीमा रिहा
रौतहटको देवाही गोनाही नगरपालिकाका नगरप्रमुख (मेयर) धर्मेन्द्र प्रसाद पटेल आफ्ना सहयोगीसहित २३ औँ दिन धरौटीमा रिहा भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय काठमाडौँको विशेष अदालतमा सोमबार ४ लाख रुपैयाँ धरौटी बुझाएर मेयर पटेल र उनका सहयोगी अशोक पटेल रिहा भएका हुन ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर पटेलविरुद्ध भ्रष्टाचारको कसुरमा आइतबार विशेषमा अदालतमा मुद्दा दर्ता गरेको थियो । विशेष अदालतमा मुद्दा दर्ता भएको भोलिपल्ट सोमबार माग अनुसारको ४ लाख रुपैयाँ धरौटी राखेर मेयर पटेल र उनका सहयोगी हिरासत मुक्त भएको जिल्ला समन्वय समिति रौतहटका उपसभापति रामवशिस्ट यादवले रातोपाटी लाई जानकारी दिएका छन् ।
मेयर पटेल,सहयोगी अशोक पटेल र २ जना नगरपालिकाका कर्मचारी गरी ४ जनालाई फागुन १५ गते हेटौडाबाट गएको अख्तियारको टोलीले दुई लाख ५० हजार नगद र सोही रकम बराबरको चेकसहित नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको थियो । पक्राउ परेका ४ जना मध्ये देवाही गोनाही नगरपालिकाका २ जना कर्मचारी भने यस अघि नै छुटिसकेका थिए ।
अनुसन्धानका क्रममा मेयर पटेलले उपभोक्ता मार्फत भएको भवन निर्माण पश्चात् अन्तिम भुक्तानी दिन घुस मागेको पाइएको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले बताएका थिए । तर मेयर पटेल तथा उनका पक्षधरहरूले उक्त आरोपको खण्डन गर्दै आएका छन् । सोमबार धरौटीमा रिहा भए पनि मुद्दाको प्रक्रिया अन्तिम फैसला नभएसम्म जारी रहने अख्तियारले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाराजगन्ज–धोबीखोला सडक खण्डमा ज्याकारान्डा रोपण
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण