एनएमबिको सहुलियतपूर्ण कर्जाबाट उखु किसान लाभान्वित

एनएमबि बैंकले मधेस प्रदेशका उखु किसानहरुलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराएको छ । बैंकले कृषि तथा उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राख्दै हालसम्म १५६ जना उखु किसानहरुलाई कलैया र गोलबजार शाखाबाट सहुलियतपूर्ण कर्जा उपलब्ध गराइसकेको जनाएको छ ।
बैंकले उखु किसानहरुलाई सहज रुपमा कर्जा प्रवाह गर्ने उद्देश्यले रिलायन्स सुगर मिल्स र हिमालय सुगर मिल्ससंग सम्झौता गरेको थियो । सम्झौता अनुसार उक्त चिनी उद्योगलाई आवश्यक उखुको माग पूरा गर्न आवश्यक पर्ने उखु खेती गर्न प्रोत्साहन गर्दै किसानहरुलाई सहुलियतपूर्ण कर्जा प्रवाह गरेको हो । साथै सुगर मिल्ससँग सहकार्य गरी किसानहरुको उखु खेतीलाई आवश्यक अन्य बिभिन्न प्राविधिक सहयोगहरु पनि गर्दै आएको बताइएको छ ।
कर्जा प्रवाह भएपश्चात हालसालै बैंकले गरेको स्थलगत निरीक्षणमा अधिकांश किसानहरुको जीवनस्तर परिवर्तन भएको पाइएको विज्ञप्तिमा जनाइएको छ । किसानहरुले उखु बिक्रीबाट लाभान्वित भई बैंकको कर्जा समेत तोकिएको भाकाभित्रै भुक्तानी गरिरहेको पाइएको बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जुम्लामा असिनापानीले स्याउका बिरुवामा क्षति
-
माउ पार्टीको ‘बेवास्ता’ले लथालिङ्ग कांग्रेसका भ्रातृ संस्था
-
भन्सार छलीको कपडा र मोटरसाइकलसहित एक जना पक्राउ
-
पशुपतिनाथले चलाएका छन् नेपाली कांग्रेस
-
गाडी भासिएर बेपत्ता भएको स्थानमा भूगर्भ विभागले थाल्यो अध्ययन (तस्बिरहरू)
-
‘तदर्थ समिति गठनमै केन्द्रीय समिति ‘फेलियर’ भयो’