नेप्सेको दुई वटा वेवसाइट दुई थरी तथ्याङ्क, कुनलाई मान्ने ?
सेयर बजार कारोबार सम्बन्धि तथ्याङ्क दिने दुई वटा वेवसाइट छ । नेपाल स्टक एक्सचेन्ज डट्कम र नेपाल स्टक एक्सचेन्ज डटकम डटएनपी । तर यी दुई वेवसाइटको तथ्याङक एक अर्कोमा मेल खादैन । मंगलबार यस्तै भएको छ ।
नेपाल स्टक एक्सचेन्ज डट्कमको तथ्याङ्क अनुसार मंगलबार नेप्से सूचक १२ दशमलभ ५४ अंकले बढेर २६ सय ६४७ दशमलभ २० अंकमा उक्लिएको छ । तर, यता सोही दिन नेप्सेको अर्को वेवसाइट नेपाल स्टक एक्सचेन्ज डटकम डटएनपीले भने नेप्से सूचक १६.०४ अंकले बढेर २६ सय ५० दशमलभ ७० अंकमा पुगेको जनाएको छ । आधिकारिक चाहिँ कुन ? कुन चाहीँ तथ्याङ्कलाई आम लगानीकर्ताहरुले मान्ने ?
यद्यपि, यस्तो समस्या आज मात्र आएको होइन । पटक पटक नेप्सेको वेवसाइट तथा सिस्टममा आउँला लगानीकर्ताहरूले दुःख पाइरहेका हुन्छन् । कहिले सर्वर डाउन भएर त कहिले सेयर कारोबार सिस्टम (टीएमएस) मा समस्या आएर यस्तो हुने गरेको छ । यसले समस्या आम लगानीकर्ताहरु आजित भएका छन् ।
किन भयो यस्तो ?
नेप्सेका सूचना अधिकारी मुराहरि पराजुली इन्ड अफ द डे (ईओडी) अपडेटमा समस्या हुँदा यस्तो हुन सक्ने बताउछन् । दिनभरिको कारोबारलाई एकैपटक भएका साइटहरुमा तथ्याङ्क चढाउँदा कुनैले छिटो र कुनैले ढिलो पडेट फाल्दा त्यस्तो देखिन गएको हुनसक्ने बताउछन् । यद्यपि, यसको अध्ययन गरेर मात्र भन्न सकिने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन नगर्ने निर्णय सुशासन विरुद्ध: राष्ट्रिय जनमोर्चा
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण