बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

रुपन्देही सुपरलिग : एमसीसी ६२ रनले विजयी

मङ्गलबार, ०८ चैत २०७८, २० : ०३
मङ्गलबार, ०८ चैत २०७८

नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिताको मंगलबारको खेलमा मेलवर्न क्रिकेट क्लब (एमसीसी) विजयी भएको छ । सुपरफोरको चौथो खेलमा वेश्टर्न क्रिकेट क्लबलाई ६२ रनले पराजित गर्दै एमसीसी फाइनलको यात्राका लागि अंक थपेको छ । 

भैरहवाको सिद्धार्थ रंगशालामा रुपन्देही क्रिकेट संघको आयोजनामा जारी खेलमा सुरुवाती ब्याटिङ लिएको एमसीसीले निर्धारित ५० ओभरको खेलमा ४७ दशमलव ३ ओभरमा १ सय ६१ रन बनाएको थियो । जसका लागि विजय प्रजापतिले अविजित सर्वाधिक ७१ रनको योगदान गरे । यस्तै सशेजाद आलमले २६, सविन शाक्यले १४ रन बनाए । बलिङ तर्फ वेश्टर्नका प्रतिशत जिसीले ५, विक्रम भुसालले २ विकेट लिए । 

१६२ रनको लक्ष्य पाएर जवाफी ब्याटिङमा उत्रेको वेश्टर्नले २१ ओभरमै समेटिएर ९९ रन मात्र जोड्न सक्यो । सबै विकेट गुमाएर लक्ष्यमा पुग्न नसकेको वेश्टर्नले ६२ रनान्तरले हार व्यहोर्नु पर्‍यो । टिमका लागि सन्देश थापाले २९, अनिल खरेलले १६, सौरभ खनालर एन्जल वाग्लेले समान १५–१५ रनको योगदान गरे पनि हारको सामना गर्नु पर्‍यो । बलिङ तर्फ रमेश कुर्मी र रोशन लाल गुप्ताले ३–३, शिव कुमार मौर्य र सन्तोष यादवले २–२ विकेट लिए ।

मंगलबारको खेलमा एमसीसीका विजय प्रजापति म्यान अफ द म्याच भए । शनिबारबाट सुरु भएको  सुपर फोरमा रुपन्देहीका ४ टिम डिभिजन ए बाट उक्लेका छन् । बुधबार लुम्बिनी खुकुरी क्लब र वेश्टर्न क्लब बिच प्रतियोगिता हुने संघका सचिव सञ्जय गुरुङले जानकारी दिए ।

नेपालकै एक मात्र सुपरलिग प्रतियोगिता २०५४ साल देखि निरन्तर हुँदै आएको छ । सुपर फोरमा उक्लेका ४ समूहका ४ टिमहरूबीच लिगको आधारमा प्रतियोगिता हुँदैछ लिगमा बढी अंक ल्याउने २ टिम बीच चैत्र १२ गते उपाधिका लागि प्रतियोगिता हुनेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप