एकैदिन तोलामा ११ सयले घट्यो सुनको मूल्य
बुधबार, ०९ चैत २०७८, १० : ५४
आज नेपाली बजारमा सुनको मूल्य एकै दिन प्रतितोला ११ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार हिजो मंगलबारको तुलनामा आज ११ सयले घटेको सुनचाँदी महासंघले जानकारी दिएको हो ।
हिजो मंगलबार छापावाल सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेर १ लाख ३ सय रुपैयाँ पुगेको थियो । यस्तै, तेजाबी सुनको मूल्य ९९ हजार ८०० रुपैयाँ थियो । आज छापावाल सुनको मूल्य ११ सयले घटेसँगै तोलामा ९९ हजार २०० रुपैयाँमा आइपुगेको छ । यस्तै, आज तेजाबी सुनको मूल्य ९८ हजार ७०० रुपैयाँ छ ।
सुनको मूल्य घटेको दिन आज चाँदीको मूल्य पनि घटेको छ । आज तोलामा २५ रुपैयाँले घटेर चाँदीको मूल्य प्रतितोला १३ सय ७० रुपैयाँ कायम छ । हिजो चाँदीको कारोबार मूल्य तोलामा १३ सय ९५ रुपैयाँ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्व एसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण