शेयरबजार २०.३४ अंकले घट्यो, बुद्धभूमि हाइड्रोका लगानीकर्ता निराश
बुधबार, ०९ चैत २०७८, १५ : ३१
आज (बुधबार) नेपालको शेयरबजार २०.३४ अङ्कले घटेको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) सूचक दोहोरो अङ्कले घट्दै बिन्दु २६३०.३६ मा झरेको हो ।
२ अर्ब ४ करोड ६३ लाख ५२ हजार ५४७ रुपैयाँमा ३९ लाख ८५ हजार ५७४ कित्ता शेयर कारोबार भएको छ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरूले आज सबैभन्दा धेरै कमाएका छन् । प्रतिकित्ता शेयर मूल्य १० प्रतिशत बढ्दै ७४५ रुपैयाँ पुगेको छ ।
बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरूले भने प्रतिकित्ता शेयरमा २४ रुपैयाँ गुमाएका छन् । प्रतिशतका हिसाबले सो कम्पनीका लगानीकर्ताहरूले आज अन्य कम्पनीका तुलनामा धेरै अर्थात् ३.५८ प्रतिशत गुमाएका हुन् । नेप्सेमा आज व्यापार र म्युचुअल फण्डबाहेक सबै समूहको कारोबार नकारात्मक देखिएको छ । व्यापारमा ०.५ र म्युचअल फण्ड उपसमूहमा ०.२५ प्रतिशतमात्रै बढोत्तरी भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण