शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रुसले युक्रेनमाथि दाग्यो हाइपरसोनिक मिसाइल, के हो विश्वका लागि सन्देश ?

बिहीबार, १० चैत २०७८, १७ : १०
बिहीबार, १० चैत २०७८

रुसका रक्षा मन्त्रालयले रुसको सेनाले पश्चिमी युक्रेनमा हाइपरसोनिक ब्यलेस्टिक मिसाइल दागेको जसका कारण युक्रेनका ठूला भूमिगत हतियार डिपो नष्ट भएको जानकारी दिएको छ ।

रुसले कुनै युद्धमा यी मिसाइलको प्रयोग गरेको यो पहिलो घटना हो । प्रहार गरिएको ब्यालेस्टिक मिसाइलको नाम किंजल हो । यी मिसाइललाई सम्भवतः मिग–३१ को मद्दतले दागिएको हो ।

रुसी अधिकारीको दाबी अनुसार यो हाइपरसोनिक मिसाइल ६ हजार किलोमिटर प्रति घण्टाभन्दा बढीको गतीले २,००० किलोमिटर टाढासम्मको लक्ष्यलाई मार गर्न सक्षम छ ।

कति असरदार छ हाइपरसोनिक मिसाइल ?

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बारम्बार हाइपरसोनिक मिसाइलमाथि रुसको दाउबारे कुरा गर्ने गर्छन् । यसको गति ध्वनीको गतिभन्दा पाँच गुणा तेज छ । यो रकेट ८ मिटर लामो छ र उच्च गतिशीलताबाट सुसज्जित छ ।

तर यो अन्य पारम्परिक मिसाइल र तोपभन्दा पनि बढी खतरनाक छ भन्ने प्रश्न उठ्छ ।

कोर्नगी एन्डोमेन्ट फर इन्टरनेशनल पिसका परमाणु नीति विशेषज्ञ जेम्स एक्टन भन्छन्, ‘म यसलाई खासै महत्वपूर्ण मान्दिनँ । हाइपरसोनिक मिसाइलको प्रयोगले रुसलाई कति फाइदा हुनेछ, त्यसबारे पनि मलाई थाहा छैन ।’

राष्ट्रपति पुटिनले अघिल्लो डिसेम्बरमा रुस हाइपरसोनिक मिसाइलमा वर्ल्ड लिडर भएको र आफूसँग ट्र्याक गर्न मुश्किल र उडानको बीचमा नै दिशा फेर्न सक्ने मिसाइल भएको दाबी गरेका थिए ।

डाक्टर लरा ग्रेगो म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीमा रिसर्च फलो हुन् ।

उनी भन्छिन्, ‘एरोडायनामिक फोर्सको प्रयोग गर्दै यसले आफ्नो मार्ग फेर्न सक्छ । यसको आकार विशेष तरिकाले डिजाइन गरिएको छ ताकि यो वायुमण्डलमा असाध्यै तीब्र गतिमा पनि तल माथि र दायाँ बायाँ मोडिन सक्छ ।’

यो क्षमताले उसलाई दुश्मनको नजरबाट लुकेर हमला गर्न मद्दत गर्छ । यद्यपि, लाराका अनुसार मिसाइललाई ट्र्याक गर्न खासै मुश्किल हुँदैन ।

लरा ग्रेगो भन्छिन्, ‘यो मिसाइलले प्रकाश परावर्तनमात्रै होइन यसले गर्मी पनि पैदा गर्छ र सेन्सर्समार्फत् यसबारे पत्ता लगाउन सकिन्छ । ब्यालेस्टिक मिसाइलबारे पत्ता लगाउनका लागि अमेरिका र रुसले अन्तरिक्षमा इन्फ्रारेड सेन्सर वाला सेटलाइट सिस्टम बनाएको छ ।’

गर्मी र प्रकाशका कारण इन्फ्रारेड सिस्टमले यसको पूरा बाटो पत्ता लगाउन सकछ । खस्नुअघि मिसाइलको गति सुस्त हुन्छ त्यसपछि यो रडारमा पनि देखिन्छ ।’

युक्रेनको बहानामा पश्चिमी देशलाई सन्देशः

चार वर्षअघि पुटिनले किंजललाई ‘अजेय’ हतियारको एउटा श्रृङ्खलाको रुपमा पेश गरिएको थियो । उनले यो दुश्मनको रक्षा कवचलाई छेड्न पनि सक्षम रहेको बताएका थिए । अन्य हाइपरसोनिक मिसाइल जिरकोन र अवान्गार्ड हुन् र यी पनि तीब्र र अत्यधिक रेन्जसहित आउँछ ।

किंजल या त एक पारम्परिक वा परमाणु हतियार लैजान सक्षम छ । हालै रिपोर्टका अनुसार मिग –३१ लडाकू विमानलाई केलिनिनग्राद (रसियाली प्रान्त) पठाइयो ।

यद्यपि, कुन स्थानबाट युक्रेनको हतियार डिपोमा हमला गरिएको भन्ने स्पष्ट जानकारी भने छैन ।

कुनेर्तोवा भन्छन्, ‘यो पश्चिमका लागि एउटा संकेत हो किनभने पश्चिमी देशले युक्रेनलाई हतियार पठाउने हिम्मत गरेकोमा पुटिन यसपटक रुष्ट छन् ।’

जेम्स एक्टनका अनुसार किंजलका लडाकू विमानका लागि मोडिफाइड इस्कन्दर मिसाइल मानिन्थ्यो । र रुस युद्धको सुरुवातदेखि नै इस्कन्दर–एम मिसाइललाई जमिनबाटै लञ्चराको मद्दतले दागिसकिएको छ ।

यद्यपि, इस्कन्दर एमको मारक क्षमता हवाई लञ्चको तुलनामा निकै कम छ ।

युक्रेनको रक्षा मन्त्रालयले यो हप्ता रुसले युद्धको पहिलो २० दिनका बेला आफ्नो लगभग सबै इस्कन्दर–एम मिसाइल प्रयोग गरेको बताएको छ ।

एक अमेरिकी रक्षा अधिकारीले रुसी बलले २४ फेब्रुअरीदेखि अहिलेसम्म १,०८० भन्दा बढी मिसाइल दागेको शुक्रबार जानकारी दिएको छ ।

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप