दुई वर्षमा ४ अर्बको मास्क नेपाल भित्रियो

नेपालमा कोरोना महामारी नियन्त्रण गर्न पहिलो पटक लकडाउन गरेको आज दुई वर्ष पुरा भएको छ । कोरोना रोकथाम तथा नियन्त्रण गर्न सरकारले पहिलो पटक २०७६ चैत ११ गतेबाट लागू हुनेगरी लकडाउन सुरु गरेको थियो ।
पहिलो पटक लकडाउन सुरु गरेपछिको दुई वर्षको अवधिमा नेपालमा विभिन्न देशबाट ३ अर्ब ९८ करोड ८५ लाख ८० हजार रुपैयाँको फेस मास्क भित्रिएको छ । भन्सार विभागका अनुसार सो मुल्यमा २०७६ चैत ११ गतेदेखि २०७८ फागुन मसान्तसम्मको अवधिमा नेपालमा ४८ करोड ९२ लाख ६ हजार ७६२ थान र एक लाख ३७० केजी मास्क भित्रिएको छ ।
कोरोना महामारी विश्वमा पहिलो पटक सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको वुहानमा देखिएको थियो । त्यसपछि यो विश्वभर फैलिएको हो । कोरोना नियन्त्रण गर्न अनिवार्य मास्कको प्रयोग गर्न नेपालमा पनि स्थानीय प्रशासनले आदेशहरू जारी गरेका थिए । मास्कको प्रयोगलाई अनिवार्य गरेपछि नेपालले मास्कको आयात सुरु गरेको थियो ।
भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७८/७९ को साउनदेखि फागुन मसान्तसम्म १ अर्ब ५ करोड ४० लाख २३ हजार रुपैयाँको फेस मास्क नेपालले आयात गरेको छ । सो मूल्यमा १२ करोड ९४ लाख ४ हजार ६१८ थान मास्क नेपाल भित्रिएको छ ।
आर्थिक वर्ष २०७७/७८ मा २ अर्ब ५७ करोड ६५ लाख ५१ हजार रुपैयाँको मास्क नेपाल भित्रिएको विभागले जनाएको छ । उक्त मूल्यमा ३५ करोड ९८ लाख २ हजार १४४ थान र २७ हजार १७१ केजी मास्क नेपालले आयात गरेको थियो ।
आर्थिक वर्ष २०७६/७७ (चैतदेखि असारसम्म) मा नेपालमा ३५ करोड ८० लाख ६ हजार रुपैयाँको ७३ हजार १९९ केजी मास्क भित्रिएको थियो । नेपालमा बंगलादेश, चीन, हङकङ, भारत, जापान, दक्षिण कोरिया, मलेसिया, मेक्सिको, म्यानमार, सिंगापुर, स्वीट्जरल्याण्ड, ताइवान, थाइल्याण्ड, टर्की, युनाइटेड अरब इमिरेट्स, अमेरिका, भियतनाम लगायतका देशबाट फेस मास्क आउने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्डोनेसियाको पूर्वी क्षेत्रमा रहेको सुनखानीमा पहिरो जाँदा ६ जनाको मृत्यु, १४ बेपत्ता
-
गभर्नरमा रस्साकस्सी : मन्त्रिपरिषद् बैठक अघि ओली र देउवाबिच भेटवार्ता हुँदै
-
पीडित शिक्षकहरूले शिक्षा उपसमितिको प्रतिवेदनलाई किन भने ‘कालो विधेयक’ ?
-
पोर्चुगलका लागि रोनाल्डोका छोराको पहिलो गोल, पिताकै शैलीमा खुसीयाली
-
सातौँ दिनमा बढ्यो सेयर बजार, ७ अर्ब १३ करोडको कारोबार
-
प्रधानन्यायाधीशबाट दुई आयोगका अध्यक्षले लिए सपथ