हिमाचल प्रदेशमा पहिरोले कार पुरिँदा ६ महिनाका बालकसहित १३ जनाको मृत्यु, २ घाइते
सारांश
- हिमाचल प्रदेशको लाहौल–स्पीतिमा १५ जना सवार कार पहिरोमा परेको छ ।
- चट्टान खस्दा कारमा सवार १३ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।
- मृतकहरूमा ६ महिनाको बालक पनि समावेश छन् ।
काठमाडौँ । हिमाचल प्रदेशको लाहौल–स्पीतिमा शुक्रबार दिउँसो एउटा कार पहिरोको चपेटामा परेको छ । १५ जना सवार उक्त कारमाथि चट्टान खस्दा १३ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । मृतकहरूमा एक ६ महिनाका बालकसमेत रहेका छन् । प्रहरीका अनुसार मृतक सबै पाङ्गी उपत्यकाका बासिन्दा भएको बताइएको छ ।
यो दुर्घटना किल्लार–उदयपुर सडकखण्ड अन्तर्गत कडू नाला नजिकै भएको हो । दुर्घटनास्थलका सार्वजनिक भएका तस्बिरहरूमा कार पूर्ण रूपमा ध्वस्त भएको देखिन्छ । चम्बा जिल्लाको भरमौर पाङ्गीका भाजपा (बीजेपी) विधायक डा. जनक राजले १३ जना यात्रुको मृत्यु भएको पुष्टि गरेका छन् । उनले एक भिडियो सार्वजनिक गर्दै यस घटनाको बारेमा जानकारी दिएका हुन् ।
विधायक डा. जनक राजले भनेका छन्, “आज दिउँसो हामीले हाम्रो निर्वाचन क्षेत्रका पाङ्गी उपत्यकाका केही मानिसहरू उदयपुरबाट पाङ्गीतर्फ जाँदै गरेको सूचना प्राप्त गरेका थियौँ । बाटोमा, उदयपुरभन्दा अगाडि कडू नालाभन्दा केही अघि पहाड खसेका कारण उनीहरूको गाडी पहिरोको चपेटामा परेको हो ।”
उनले दुर्घटनामा परेका दुई जना भने सुरक्षित रूपमा बाँच्न सफल भएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
-
शनिबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
-
दाङमा ट्राफिक प्रहरीद्वारा १ करोड ५० लाख भन्दा बढी राजश्व सङ्कलन
-
आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा रु १० अर्ब राजस्व सङ्कलन
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण