पेट्रोल र डिजेलको मूल्य ६ दिनमा पाँच पटक बृद्धि
आइतबार, १३ चैत २०७८, १२ : ४९
भारतमा ६ दिनमा पाँचौँ पटक पेट्रोल तथा डिजेलको मूल्य बढेको छ । आइतबार पेट्रोलमा प्रति लिटर मूल्य भारु ५० पैसा र डिजेलमा प्रति लिटर ५५ पैसा बढेको छ । यससँगै दिल्लीमा पेट्रोल प्रति लिटर मूल्य भारु ९९ दशमलब ११ पैसा भएको छ ।
त्यस्तै, डिजेल प्रति लिटर मूल्य भारु ९० दशमलब ४२ पैसा पुगेको छ । यसअघि पेट्रोल प्रति लिटर भारु ९८ दशमलब ६१ र डिजेल प्रति लिटर भारु ८९ दशमलब ८७ थियो ।
मूल्य दर देशभर बढेको छ र स्थानीय करका आधारमा राज्यअनुसार मूल्य फरक फरक छ । पछिल्लो पटक २२ मार्चमा मूल्य बृद्धि भएको थियो । यसअघि चारै पटक प्रति लिटर पेट्रोल तथा डिजेलमा ८० पैसा बढाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण