एक पिताले एकै पटक जन्मेका पाँच बच्चालाई आधा म्याराथन धकेलेर राखे विश्व रेकर्ड
क्यालिफोर्नियाका एक धावकले एकै पटक जन्मेका आफ्नै पाँच बच्चालाई म्याराथनको आधा दूरीसम्म धकेलेर गिनिज वर्ल्ड रेकर्ड राखेका छन् । उनले यो दूरी २ घन्टा १९ मिनेटको अवधिमा पूरा गरेका थिए । ओकल्यान्ड म्याराथनमा चाड केम्पेलले आइतबार आधा म्याराथन पूरा गरेका हुन् । उनले सानो बग्गीमा राखेर ४ वर्षका पाँच बच्चालाई धकेलेका हुन् । ‘उनीहरुले भनिरहेका थिए, छिटो दौडनुहोस् ड्याड । म पसिनायुक्त भएको छु । ‘मलाई पनि थाहा छैन कि म पनि टाढा जान सक्छु भनेर,’ क्याम्पेलले बताए । यो कत्तिको गह्रुँगो होला भन्ने पनि मैले बिर्सिएको थिए । यो पनि विशेषगरी पहाडमा जाँदा ।
केम्पेलले उनको १३.१ माइलको दौड २ घन्टा १९ मिनेटमा पुरा गरेका थिए । उनले यो सहित २ घन्टा ३० मिनेटको अघिल्लो रेकर्ड तोडेका हुन् । ‘यस्तो गर्ने म पहिलो व्यक्ति हुँ,’ उनले बताए ।
केम्पेलले पहिले १० के रेस र पाँचवटा बच्चालाई पूर्ण म्याराथन गराएर गिनिज वर्ल्ड रेकर्ड राखेका थिए । केम्पेलले आफूले गिनिज वर्ल्ड रेकर्ड पुरा गर्ने विषयमा आपूm विश्वस्त रहेको बताएका थिए । तर उनले आगामी दिनमा अझ धेरै दौडने योजना बनाएको र छोराछोरी पनि उनीसँगै दौडनेछन् भन्ने विश्वास लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
-
प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
-
विद्यार्थी कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण