माओवादी केन्द्र बुटवल नगर कमिटीले पायो पूर्णता
सोमबार, १४ चैत २०७८, १९ : ०९
८ महिना पछि नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) ,बुटवल उपमहानगर नगर कमिटीले पूर्णता पाएको छ । कमिटीको सोमबार बसेको पहिलो बैठकले नगर कमिटीलाई पूर्णता दिएको हो ।
बैठकमा सहभागी रिया बस्नेतका अनुसार ८ महिना अघिको सम्मेलनबाट अध्यक्ष चयन गरिएका पुष्पराज ढकाल प्रदेश कमिटीमा गएपछि सचिव रहेकी मञ्जु भुसालले अध्यक्षको दावी गरेकी थिइन । त्यसमा विवाद भएका कारण पदाधिकारी चयन हुन सकेको थिएन ।
तर सोमबार बसेको बैठकले कमिटीको अध्यक्षमा नारायण भुसाल, उपाध्यक्षमा नमनारायण घिमिरे,मिना घर्ती र सुदन अधिकारी सर्वसम्मत निर्वाचित भएका छन् । त्यस्तै सचिवमा सागर न्यौपाने, सहसचिवमा राजु गौडेल ,कोषाध्यक्षमा राजु कालिराजसहित ७३ सदस्यीय नगर कमिटी चयन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४०० स्थानीय तहमा जग्गाको कित्ताकाट भोलिदेखि रोकिँदै
-
सांसद अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी
-
चार वर्षमा ६ पटक सरकार गठन, सातौं कसरतमा कांग्रेस, एमाले र नेकपा
-
एमालेको सदस्यता नवीकरण करिब ४० प्रतिशत मात्र
-
नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता
-
सांसदहरूलाई स्वकीय सचिव राख्न दिन ऐन परिमार्जन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण