फिल्म खेल्दै कमेडी च्याम्पियन विजेता हिमेश
मङ्गलबार, १५ चैत २०७८, ११ : २५
कमेडी च्याम्पियन पहिलो सिजनका विजेता हिमेश पन्त फिल्म अभिनयमा देखिने भएका छन् । उनी ‘वरवधु’ फिल्म मार्फत अभिनयमा डेब्यु गर्न लागेका हुन् । ‘वरवधु’ मिलन चाम्सले निर्देशन गर्न लागेको फिल्म हो । हिमेशसँग फिल्म अभिनयको बिषयमा निर्देशक चाम्सले हालै सम्झौता भएको सामाजिक संजाल मार्फत जानकारी दिएका छन् ।
हिमेश फिल्ममा गैरआवासीय नेपाली (एनआरएन)को भूमिकामा देखिने बताइएको छ । बैशाखको पहिलो साताबाट छायांकन सुरु हुने फिल्म रोमानिया र टर्कीमा छायांकन हुनेछ ।
एलआर इन्टरटेनमेन्टको ब्यानरमा बन्न लागेको फिल्ममा हिमेशको अलवा आँचल शर्मा, विवेक कर्माचार्य, किरण केसी, बुद्धि तामाङ, विजय लामा लगायतको अभिनय रहने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रीको राजीनामा होल्ड हुनु र मुख्यमन्त्री बानियाँले भेट नदिनु होइन संयोग मात्र
-
हर्मुज सङ्कटले विश्व अर्थतन्त्रमा जोखिम बढाउने चेतावनी
-
रामादा बाई विन्धामले बोलबम यात्रीलाई सहयोग गर्ने
-
एमाले र नेकपाका दुई नेता मेन्याङ्बो र आङ्बोको दौडधुप बाक्लियो
-
भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथिको दबाब
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण