शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

काँग्रेस बागमतीको निष्कर्ष : आवश्यक्ता र औचित्यको आधारमा गठबन्धन गर्नुपर्छ

मङ्गलबार, १५ चैत २०७८, १७ : १८
मङ्गलबार, १५ चैत २०७८

नेपाली काँग्रेस बागमती प्रदेशले आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तह निर्वाचनमा आवश्यक्ता र औचित्यको आधारमा सत्ता गठबन्धनसँग सहकार्य गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

काँग्रेस बागमती प्रदेशको कार्यसम्पादन समिति र संसदीय समितिको काठमाडौंमा मंगलबार बसेको संयुक्त बैठकले आवश्यक्ता र औचित्यको आधारमा स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनसँग सहकार्य गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

बैठकमा प्रदेश समितिका सदस्यहरुको स्थानीय तहको पार्टी संगठनसँग समन्वय गरेर निर्वाचनमा गठबन्धन गर्नुपर्ने सुझाव राखेका थिए । काँग्रेस बागमती प्रदेशका कार्यसम्पादन र संसदीय समितिका अधिकांश सदस्यहरुले धारण राख्ने क्रममा काँग्रेस केन्द्रले गठबन्धन गर्ने निर्णय गरेमा सत्ता साझेदार दलहरुबीच आगामी स्थानीय निकाय निर्वाचनमा गठबन्धन गर्नुपर्ने धारणा राखेका थिए ।

काँग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको सभापतित्वमा बसेको संयुक्त बैठकमा बोल्ने वक्ताहरूले काँग्रेसले धेरैभन्दा धेरै स्थानमा आफ्नो पार्टीको जित सुनिश्चितताको साथै वर्तमान केन्द्रीय समितिले गरेको निर्णयको आधारमा वर्तमान गठबन्धनलाई निरन्तरता दिनको लागि पनि गठबन्धन आवश्यक्ता रहेको बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप