गरिबबाट उठाएको कर धनीलाई
अर्थविद्हरूले बजेट निर्माणमा बढी महत्त्वाकाङ्क्षी नबन्न तथा नागरिकले तिरेको करको दुरुपयोग नगर्न सरकारलाई सचेत गराएका छन् । मंगलबार काठमाडौँमा नेपाल आर्थिक संघ र बैंक तथा वित्तीय संस्था परिसंघले आयोजना गरेको देशको वर्तमान अवस्था र आगामी बजेट विषयक आर्थिक बहसमा बोल्दै उनीहरूले गरिब नागरिकले तिरको कर सामाजिक सुरक्षाका नाममा बाँडेर राजनीतिक दलले भोट किनेको पनि आरोप लगाए।
कार्यक्रममा अर्थविद् डा.पोषराज पाण्डेले नेपालमा सामाजिक सुरक्षा भत्तालाई भोट माग्ने भाँडो बनाउने काम भएको भन्दै दक्षिण एसियाका मुलुकहरूमा नेपालमा जस्तो सामाजिक सुरक्षा भत्तामा खर्च कुनै पनि देशले नगरेको बताए । उनले सरकारले बजेटको १२ प्रतिशत बजेट सामाजिक सुरक्षा भत्ताका विभिन्न कार्यक्रम अन्तर्गत बाँड्ने गरेको स्मरण गराउँदै सामाजिक सुरक्षाका नाममा हुने खर्च दीर्घकालमा धान्न गाह्रो हुने बताए। गरिबबाट उठाएको पैसा धनीहरूलाई कहिलेसम्म बाँडिराख्ने भन्दै उनले प्रश्न गरे । पाण्डेले सरकारले यसरी भोट किन्नको लागि सामाजिक सुरक्षामा पैसा बाँड्ने हो भने मुलुक माथि जान नसक्ने दाबी पनि गरे । आर्थिक वृद्धिदर बढे पनि समावेशी विकास नभएको भन्दै उनले आगामी आवको बजेटमा यसमा पनि ध्यान दिन आग्रह गरे। आजको कारोबार दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधानको प्रस्तावना खलबल्याउने देखेपछि कार्यदलबाट बाहिरिए चार दल
-
रास्वपा विधानः सभापति संसदीय दलको नेता भए के गर्ने ?
-
सात मिनेटसम्म मृत मानिएका यी फुटबलर जारी विश्वकपमा प्रशिक्षक बनेर कमाल गर्दैछन्
-
डेली मेलविरुद्धको कानुनी लडाइँको अन्तिम फैसला सुन्न राजकुमार ह्यारी लन्डनमा
-
किसानलाई अनुदानमा कृषि उपकरण
-
फोहर व्यवस्थापनमा वित्तीय साझेदारी खोज्दै काठमाडाैँ महानगरपालिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण