सरिता गिरीको मुद्दा संवैधानिक इजलासमा
जनता समाजवादी पार्टीकी पदमुक्त सांसद सरिता गिरीले दायर गरेको रिटको सुनुवाइ बुधबार संवैधानिक इजलासमा हुँदैछ । कायममुकाम प्रधानन्यायाधीश दीपककुमार कार्की नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीशहरू मीरा खड्का, हरिकृष्ण कार्की,विश्वम्भरप्रसाद श्रेष्ठ र डा.आनन्दमोहन भट्टराई छन् ।
संघीय संसद् सचिवालयले गैरकानुनी रूपमा सांसद पदबाट निष्कासन गरेको भन्दै गिरी २८ असार २०७७ मा सर्वोच्च पुगेकी हुन् । उनले निष्कासन गर्ने सचिवालयको निर्णयलाई खारेज गर्न रिटमार्फत माग गरेकी छन् । यसअघि ४ साउन २०७७ मा न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको संयुक्त इजलासले गिरीको मुद्दामा अन्तरिम आदेश नहुने निर्णय गरेको थियो ।
उनी सरकारले विवादित नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरासमेत समेटेर राजनीतिक नक्सा जारी गरेपछि निशान छापमा नक्सा परिवर्तनका लागि संविधान संशोधन प्रस्ताव दर्ता गर्दा प्रस्तावको विपक्षमा उभिएकी थिइन् ।
त्यसपछि पार्टीले ह्विप जारी गर्नुपरेको थियो । पार्टीले ह्विप जारीपछि उनले संसद् बैठक नै बहिस्कार गरेकी थिइन् । सोही कारण पार्टीले उनलाई पार्टीको सबै जिम्मेवारीबाट मुक्त गर्दै सांसद पदबाट पनि निष्कासन गरेको थियो । संसद् सचिवालयलाई पनि पदमुक्त गर्न माग गर्दै पत्राचार गरेपछि गिरी पदमुक्त भएकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण