सेयर बजारमा हरियाली, ४० अंकले बढ्दा २.२५ अर्ब कारोबार
सेयरबजार सूचक नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) एक सातापछि बुधबार (आज) बढेकाे छ । ४०.६८ अङ्कले बढ्दै नेप्से २५६८.२५ बिन्दुमा पुगेको हो । २६०० बिन्दुमा तलमाथि गरिरहेको बजार त्यो भन्दा पनि तल गिरेपछि निराश भएका शेयर कारोबारीको अनुहार आज भने नेप्सेले उज्यालो बनाएको छ ।
नेप्से चैत ९ गते बुधबारदेखि नै घट्दो क्रममा थियो । नेप्सेमा सो दिन २०.३४, बिहीबार १६.६९, आइतबार ४१, सोमबार २९.९८ र मंगलबार १४ अंकको गिरावट आएको थियो । बुधबार भने बजार दोहोरो अङ्कले बढेको हो । आज ४५ लाख २ हजार ५११ कित्ता शेयर २ अर्ब २५ करोड १ लाख १७ हजार २९६ रुपैयाँमा कारोबार भएको छ ।
नेप्सेका १३ वटै उपसूचकहरू आज हरिया छन् । अन्य समूहको शेयरमा सबैभन्दा धेरै ४.१२ प्रतिशत वृद्धि भएको छ । विकास बैंक समूहको ३.३२, वित्त समूहको ३.२९ र होटल तथा पर्यटन समूहको शेयर पनि २.५१ प्रतिशतले बढेको हो ।
आज इमर्जिङ नेपाल लिमिटेडका शेयरधनीले सबैभन्दा धेरै कमाएका छन् । सकारात्मक सर्किट लाग्दै सो कम्पनीको शेयरमूल्य १०१ रुपैयाँ २० पैसाले बढेर १ हजार ११३ रुपैयाँ ५० पैसा पुगेको छ । युनिलिभर लिमिटेडको शेयरमूल्य भने १८ रुपैयाँ ८० पैसा घट्दै ९२१ रुपैयाँ २० पैसामा झरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन नगर्ने निर्णय सुशासन विरुद्ध: राष्ट्रिय जनमोर्चा
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण