स्थानीय तहको उम्मेदवार बन्न २१ वर्ष पुग्नुपर्ने
बुधबार, १६ चैत २०७८, १६ : ५०

वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनको उम्मेदवार बन्न २१ वर्ष उमेर पुरा भएको हुनुपर्ने भएको छ । निर्वाचन आयोगले बुधबार स्थानीय तह निर्वाचन निर्देशिका २०७९ जारी गर्दै यस्तो प्रावधान राखेको हो ।
जसमा उम्मेदवारले मनोनयन दर्ता गर्दा मनोनयन पत्रका साथ २१ बर्ष पुरा भएको र नेपाली नागरिक भएको स्वघोषणा गर्नुपर्ने व्यवस्था आयोगले राखेको छ । यस्तै स्थानीय तहलाई कुनै नगद वा जिन्सी बुझाउन बाँकी नरहेको, बेरुजु नरहेको हुनुपर्नेछ । यस्तै कैद सजाय, जरिवाना तिर्न वा बुझाउन बाँकी नरहेको, स्थानीय तहको कुनै ठेक्कापट्टामा संलग्न नरहेको हुनुपर्ने पनि आयोगको निर्देशिकामा उल्लेख छ ।
यो पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
संसदीय अभ्यासलाई पारदर्शी र जनमुखी बनाउन प्रेस जगतको खबरदारी आवश्यक छ : अध्यक्ष दाहाल
-
'एकता महाधिवेशन'मा हाम्रो संलग्नता छैन : बद्री केसी पक्ष
-
कांग्रेस संसदीय दलको बैठक बस्दै
-
एमालेले संसदीय दलको बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?