स्थानीय तहको उम्मेदवार बन्न २१ वर्ष पुग्नुपर्ने
बुधबार, १६ चैत २०७८, १६ : ५०
वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनको उम्मेदवार बन्न २१ वर्ष उमेर पुरा भएको हुनुपर्ने भएको छ । निर्वाचन आयोगले बुधबार स्थानीय तह निर्वाचन निर्देशिका २०७९ जारी गर्दै यस्तो प्रावधान राखेको हो ।
जसमा उम्मेदवारले मनोनयन दर्ता गर्दा मनोनयन पत्रका साथ २१ बर्ष पुरा भएको र नेपाली नागरिक भएको स्वघोषणा गर्नुपर्ने व्यवस्था आयोगले राखेको छ । यस्तै स्थानीय तहलाई कुनै नगद वा जिन्सी बुझाउन बाँकी नरहेको, बेरुजु नरहेको हुनुपर्नेछ । यस्तै कैद सजाय, जरिवाना तिर्न वा बुझाउन बाँकी नरहेको, स्थानीय तहको कुनै ठेक्कापट्टामा संलग्न नरहेको हुनुपर्ने पनि आयोगको निर्देशिकामा उल्लेख छ ।
यो पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण