सरकारमा सहभागिताबारे छलफल गर्न लोसपा नेताहरु बालुवाटारमा
बुधबार, १६ चैत २०७८, १९ : ४२
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का शीर्ष नेताहरु बालुवाटार पुगेका छन् । अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरु बुधबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटवार्ताका लागि बालुवाटार पुगेका हुन् ।
पछिल्लो समय सरकारमा सहभागिताबारे लोसपाले प्रधानमन्त्री देउवासँग वार्ता गरिरहेको छ । तेस्रो चरणको छलफलका लागि भन्दै लोसपाका अध्यक्ष ठाकुरसहितका नेताहरु बालुवाटार गएका हुन् । बुधबारको दिउँसो बसेको कार्यकारिणी समितिको बैठकमा सरकारमा सहभागी हुने बारे छलफल भएको थियो ।
आजको बैठकमा ९ जना कार्यकारिणी समिति सदस्यले बोल्दै सरकारमा सहभागी हुने र काँग्रेससँग तालमेल गर्ने विषयमा आफ्नो धारणा राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आलोकनगरमा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक
-
रुद्राक्षको व्यापारबाट मनग्य आम्दानी गर्दै सन्तोष
-
राप्तीसोनारीमा फैलिएको झाडा पखालाबाट २९ जना बिरामी
-
पर्यटनका दुई सूत्र : तीन ढोका, नौ चाबी
-
मकालु हिमाल आरोहण गरी फर्किने क्रममा एक पर्वतारोहीको मृत्यु
-
कुकुरले टोक्यो भन्दैमा कुकुरलाई टोक्न जान्न : उपेन्द्र यादव