नेपाल टेलिकम : निर्देशिकाविरुद्धको रिट खारेज
नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशक नियुक्ति प्रक्रिया रोक्न माग गर्दै दायर रिट सर्वोच्च अदालतले खारेज गरेको छ । न्यायाधीशद्वय तेजबहादुर केसी र कुमार चुडालको संयुक्त इजलासले रिट खारेज गरेको हो तर फैसलाको पूर्णपाठ भने तयार भइसकेको छैन ।
प्रबन्ध निर्देशकको नियुक्ति र सेवा सुविधासम्बन्धी निर्देशिकाले प्रतिस्पर्धामा रोक लगाएको भन्दै दायर फरक फरक दुई रिट अदालतले खारेज गरेको सर्वोच्चका सहायक प्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए। कम्पनीको प्रबन्ध निर्देशकको दरखास्त आह्वानसमेत भइसकेको छ । अदालतले रिट खारेज गरेसँगै अब नियुक्तिको प्रक्रिया अघि बढाउने कानुनी बाटो खुलेको छ । यसअघि निर्देशिकामा अवकाशको उमेर हद ५८ वर्ष थियो तर निर्देशिका संशोधन गरेर प्रबन्ध निर्देशकमा प्रतिस्पर्धा गर्ने उमेर हद ५६ वर्ष कायम गरिएको थियो । ५६ वर्ष कटेका तर अवकाशको अवधि बाँकी रहेका सुरेन्द्रमान सिंह र डा. राजेन्द्रकुमार पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधानको प्रस्तावना खलबल्याउने देखेपछि कार्यदलबाट बाहिरिए चार दल
-
रास्वपा विधानः सभापति संसदीय दलको नेता भए के गर्ने ?
-
सात मिनेटसम्म मृत मानिएका यी फुटबलर जारी विश्वकपमा प्रशिक्षक बनेर कमाल गर्दैछन्
-
डेली मेलविरुद्धको कानुनी लडाइँको अन्तिम फैसला सुन्न राजकुमार ह्यारी लन्डनमा
-
किसानलाई अनुदानमा कृषि उपकरण
-
फोहर व्यवस्थापनमा वित्तीय साझेदारी खोज्दै काठमाडाैँ महानगरपालिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण