सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

उत्तर कोरियामा कस्तो छ देशद्रोहीका लागि बनेको जेल ? एक महिलाको कहानी

बिहीबार, १७ चैत २०७८, १३ : २१
बिहीबार, १७ चैत २०७८

उत्तर कोरियाको जेलमा बन्दी जीवन बिताएकी ली यंग जूू घस्रेर आफ्नो सेलमा पुग्थिन्, जहाँ उनलाई क्रस बनाएर बस्नका लागि भनिन्थ्यो । यस क्रममा उनी आफ्नो हात घुँडामा राखेर बस्नु पर्दथ्यो । उनलाई १२ घण्टासम्म हिँडडुल गर्नका लागि अनुमति दिइन्नथ्यो ।

थोरैमात्र हिँडडुल गरेमा वा सेलको अर्को साथीसँग कानेखुसी गरेमा उनलाई कडा सजाय दिइन्थ्यो । उनलाई खानका लागि केही मकै र पिउनका लागि सीमित पानी दिइन्थ्यो ।

उलने बीबीसीलाई भनिन्, ‘म स्वयंलाई मानिस होइन, जनावर महसुस गर्न थालेको थिएँ ।’

उनले आफूसँग घण्टौंसम्म सोधपुछ गरिएको बताइन् । देश छोड्ने कोशिश किन गरेको भन्दै आफूलाई सोधपुछ गरिन्थ्यो ।

उनले सन् २००७ मा उत्तर कोरियाबाट बाहिर निस्कने कोशिश गरेकी थिइन् । चीनमा उनलाई पक्राउ गरियो र उत्तर कोरियामै पठाइयो । आफ्नो सजाय कुर्दै चीनको सीमाबाट उत्तर कोरियाली ओनसोङ डिटेन्शन सेन्टरमा उनले तीन महिना बिताउनु प-यो । जब उनी आफ्नो कोठरीमा बस्थिन्, उनलाई बाहिर निगरानी गर्ने सैनिक हिँड्दा उनीहरुको जुत्तामा राखिएको धातुको चिपको आवाज सुनिन्थ्यो । त्यही आवाजको आधारमा सैनिक पर पुगेकोजस्तो लागेपछि सेलमा रहेको अर्को कैदीसँग कानेखुसी गरी कुराकानी गर्ने कोसिस गर्थिन् । जूका अनुसार उनी अर्को कैदीसँग पुनः बाहिर निस्कने योजना बनाउँथिन् ।

उनले भनिन्, ‘हामी दोस्रो पटक बाहिर निस्कने योजना बनाउँछौं । हामी दलालसँग मिल्ने योजना बनाउने गर्दथ्यौं । यी सब कुरा गोप्य रुपमा कुरा हुने गर्दथ्यो ।’

त्यसो त यो डिटेन्सन सेन्टरको उद्देश्य मानिसलाई उत्तर कोरियाबाट भाग्नबाट रोक्नु थियो । तर यसको असर जू र उनको सेलका साथीहरुमा परेको थिएन । धेरै मानिस देश छोड्नका लागि हुने सजायको पर्खाइमा थिए । एक दिन एक सुरक्षा गार्डले जूूको योजनाको बारेमा सुने ।

जूू भन्छिन्, ‘गार्डले मलाई जेलको बारबाट हात बाहिर निकाल्नका लागि भन्यो । साँचोको एक रिङले उसले मेरो हातमा कुट्न सुरु ग¥यो र उसले मेरो हात सुन्निउन्जेलसम्म कुट्यो । मेरो हात पूरै रुपमा नीलो भयो । मैले रुन चाहिनँ । उक्त गार्ड देश छोड्ने कोसिस गरेकाले हामीलाई देशद्रोही सम्झिन्थ्यो । सेलको करिडोर एउटैमात्र थियो । त्यसैले अर्को सेलको कैदीलाई पिटेको आवाज पनि सुनिन्थ्यो । म सेल नम्बर ३ मा थिएँ । तर १० नम्बरको सेलको कैदीलाई पिटेको आवाज पनि सुनिन्थ्यो ।’

जाँचमा के पाइयो ?

उत्तर  कोरियाको जेलमा अन्तर्राष्ट्रिय कानुन उल्लंघनको मामिलामा कोरिया फ्यूचर नामको गैर सरकारी संगठनले विस्तृत जाँच गरेको छ । यो समूहले २०० भन्दा बढी मानिसको अनुभव संकलन गरेको छ, जसमा योंग जू पनि एक हन् ।

यो गैर सरकारी संगठनले १४८ दण्डात्मक केन्द्रमा ७८५ बन्दीकोविरुद्ध मानव अधिकार उल्लंघनको ५१८१ मामिला दर्ता गरेको छ र ५९७ दोषीको पहिचान गरेको छ ।

यी मामिलामा प्रमाण जम्मा गरिएको छ । एक दिन यी सबै मामिलामा न्याय प्राप्त हुने अपेक्षाका साथ तथ्यांक संकलन गरिएको छ । उत्तर कोरियाले सधैँ मानव अधिकार उत्पीडनको मामिलालाई अस्वीकार गर्दै आएको छ । यो नयाँ जाँचपछि लागेको आरोपमा बीबीसीले उत्तर कोरियाका प्रतिनिधिसँग सम्पर्क गरेर उनीहरुको पक्ष थाहा पाउने कोसिस गरे पनि कुनै जवाफ प्राप्त भएको छैन ।

कोरिया फ्यूचरले ओनसोंग डिटेन्सन सेन्टरको थ्री डी मोडल पनि तयार गरेको छ, जसलाई हेरेर त्यहाँको स्थितिका बारेमा अनुमान लगाउन सकिन्छ ।

कोरिया फ्यूचर, सोलको उप निर्देशक सोयून यूले बीबीसीलाई बताए अनुसार उत्तर कोरियाको जेलमा सजाय र हिंसाका कारण २.५ करोड मानिसको उत्पीडन भएको छ ।

यूले भने, ‘हामीले जुन व्यक्तिको पनि अन्तरवार्ता लिएका छौं, उनीहरुले बताए अनुसार मानिसलाई गरिएको भयावह उत्पीडनको पत्ता लाग्छ । एक महिलाको सामु एक नवजात शिशुको हत्या गरिएको थियो । उनी त बोल्दा बोल्दै रुन थालिन् ।’

उत्पीडनको आरोपको थुप्रो

उत्तर कोरिया पछिल्लो समयमा विश्वबाट व्यापक रुपमा एक्लिएको छ । यो देश पहिलो पटक विश्वसँग यति धेरै अलग्एिको हो । उत्तर कोरियामा किम परिवारको तीन पुस्ताबाट शासन चल्दै आएको छ । यहाँका नागरिकलाई किम परिवार र विद्यमान नेता किम जोङ उनप्रति आफ्नो निष्ठा व्यक्त गर्नुपर्ने छ ।

कोभिड महामारीको संकट चलेपछि देशभित्र र सीमामा किम परिवारको नियन्त्रण धेरै बलियो भएको छ । बाहिरी विश्वको दृश्य लिने कोसिस गर्ने, यहाँसम्म कि विदेशी नाटक र सिनेमा हेर्नेलाई पनि कठिन सजायको प्रावधान छ । जेलभित्र हिंसा व्यवस्थापनको बारेमा प्रत्येक केन्द्र र सबै साक्षीको समान अनुभव सुन्न पाइन्छ । जेलभित्र बलात्कार र यौन उत्पीडनको कयौं आरोप पनि छ । पीडितले कोरिया फ्यूचरलाई बताए अनुसार उनीहरुको कैदको अवधिमा जबरजस्ती गर्भपतन गर्न परेको थियो ।

उत्तर कोरियाको एक यस्तै डिटेन्शन सेन्टर, नर्थ हेमग्याङ प्रोभिन्सल होल्डिङ सेन्टरको बारेमा एक प्रत्यक्षदर्शीले बताए अनुसार त्यहाँ ८ महिनाकी गर्भवती महिलाको जबरजस्ती गर्भपतन गराइएको थियो । प्रत्यक्षदर्शीका अनुसार बच्चा जिउँदै थियो र उसलाई नालीमा बगाइएको थियो । यस बाहेक प्रत्यक्षदर्शीले पाँच जनालाई फाँसी दिएको बारेमा पनि बताएका थिए ।

न्यायको आशा

योङ जूलाई साढे तीन वर्षको कैदको सजाय दिइएको थियो । उनले भनिन्, ‘सजाय पूरा हुने दिनसम्म म जीवित हुुन्छु वा हुन्न भन्ने विषयमा चिन्तित थिएँ । जब तपाई यस्तो स्थानमा जानु हुन्छ भने कठिनाई सहने र जिउँदो रहनका लागि मानवीय गुणलाई छोड्नुपर्छ ।’

ओनसोङ डिटेन्सन सेन्टरमा २००७ मै सेरोम पनि कैदमा थिइन् । उनका अनुसार प्रहरीको पिटाइ अत्यन्त दुुःख दिने खालको थियो ।

उनले भनिन्, ‘उनीहरु मेरो तिघ्रामा लौरोको डन्डाले पिट्ने गर्थे । तपाई हिँड्दै जानुहुन्थ्यो तर घस्रदै आउनु पर्दथ्यो । म अन्यलाई पिटेको हेर्न चाहन्नथेँ । त्यसैले आफ्नो टाउको अन्यत्र घुमाउथेँ । उनीहरु मलाई जबरजस्तीका मानिस भएको लाग्थ्यो । उनीहरु यस किसिमबाट आफ्नो काम गर्थे ।’

सेरोमले कैदमा बिताएको स्मरण गर्दै भनिन्, ‘यदि कुनै उपाय फेला पारेमा उनीहरु अन्यलाई सजाय दिन चाहन्थे ।’

उनका अनु्सार उनी हाल दक्षिण कोरियामा हाँसीखुुसीको जीवन बिताइरहेकी छन् ।

यी मामिलामा कानुनी प्रक्रिया सुरु हुन अत्यन्त मुस्किल छ । तर यो जाँचमा अन्तर्राष्ट्रिय अपराध अदालतका विशेषज्ञ पनि समावेश छन् । यो मामिलामा संकलन गरिएको प्रमाण पनि अदालतमा पेस गर्न सकिन्छ । सहयोगको सुुविधा निःशुल्क उपलव्ध गराइँदै छ ।

सेरोम र यंग–जू दुवैले उनीहरुलाई न्यायको आशा भएको बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप