धुम्रपानले मस्तिष्क, मुटु र पेटमा पार्ने गम्भीर असरहरू

धुम्रपान स्वास्थ्यका लागि हानिकारक छ । यो क्यान्सरको कारण पनि हो । धुम्रपानले फोक्सोलाई खराब बनाउँछ । साथै, श्वासप्रश्वाससम्बन्धी समस्याहरु पनि पैदा गर्छ । विश्व स्वास्थ्य संगठनका अनुसार धुम्रपानले व्यक्तिको शारीरिक र मानसिक अवस्थालाई कमजोर बनाउँछ । जसले गर्दा अन्य रोगहरुले पनि निम्तो पाउँछन् । धुम्रपान गर्ने व्यक्तिहरुलाई अन्य समस्याहरु पनि हुने गर्छ ।
भारतको माइउपचार डट कमको रिपोर्टका अनुसार धुम्रपान गर्ने व्यक्तिको फोक्सोमा क्यान्सर हुन्छ । यसको सम्भावना लगभग ९० प्रतिशत रहन्छ । धुम्रपान गर्ने महिलामा पुरुषमा भन्दा बढी क्यान्सर हुने सम्भावना रहन्छ ।
मस्तिष्कमा असर
धुम्रपानले शरीरका अन्य अंगहरुभन्दा पनि बढी मस्तिष्कलाई असर पार्छ । धुम्रपानले मस्तिष्कलाई नियन्त्रणमा राख्ने सेन्ट्रल नर्भस सिस्टममा रोकावट ल्याउँछ ।
तम्बाकु, निकोटिनले दिमागको नसाहरुलाई नोक्सान पार्छ । धेरै चुरोट पिउने व्यक्तिले सोच्ने र सम्झिने क्षमता पनि गुमाउँछ । लामो समयपछि चुरोट छोड्ने व्यक्तिलाई स्ट्रोक, एन्जाइटी, डिप्रेशन जस्ता समस्याहरु देखिन्छ ।
मुटुको लागि खतरा
अत्यधिक मात्रामा धुम्रपान गर्ने व्यक्तिमो मुटुमा पनि समस्या देखिन्छ । धुम्रपानका कारण कार्डियोभास्कुलर सिस्टम खराब हुन्छ । निकोटिनले शरीरमा एन्ट्रि ब्लड भेसल्सलाई खुम्च्याइदिन्छ । जसले गर्दा रगत प्रवाहमा समस्या हुन जान्छ । धुम्रपान गर्नेहरुको शरीरमा रगत जम्ने र ब्लड प्रेशर पनि समस्या बनिदिन्छ ।
पेटका लागि पनि खतरा
धुम्रपानले पाचन प्रक्रियालाई नोक्सान पार्छ । पेटसम्म यसको असर पर्छ जसले गर्दा कब्जियत हुने, अपच हुने, ग्यास भरिने, भोक नलाग्ने, एसिडिटि हुने र मधुमेहको खतरा पनि उत्तिकै रहन्छ ।
दाँत
लामो समयसम्म धुम्रपान गर्ने व्यक्तिहरुको दाँतमा पनि असर पर्छ । धुम्रपान गर्ने व्यक्तिहरुको गिजामा इन्फेक्शन हुने समस्या धेरै रहन्छ । साथै, दाँत कमजोर पनि हुने गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘नेपाल चीनसँग नजिक हुँदै गइरहेको छ’: भारतीय कांग्रेस नेता पवन खेडा
-
रामेछापमा अन्तरजातीय विवाह गर्ने १४ जोडी सम्मानित
-
१२ बजे १२ समाचार: यातायात क्षेत्रमा हडताल नगर्न सर्वोच्चको आदेश, फेरियो राजावादीको रणनीति
-
आईसीसी विश्वकप लिग २ः नेदरल्यान्डसविरुद्ध नेपाल ५ विकेटले विजयी
-
सभामुख घिमिरे र राजदूत अब्देलघानीबीच भेटवार्ता
-
जनतालाई पार्टीमा जोड्न जनताका मुद्दालाई प्राथमिकता दिनुपर्छ : शङ्कर पोखरेल