कोरोना विरुद्धको खोप अभियान : अझै १८ प्रतिशतले पूर्ण मात्रा लगाउन बाँकी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अझै १८ प्रतिशतले कोरोनाविरुद्धको खोप लगाउन बाँकी रहेको बताएको छ । खोप अभियान सुरु भएको १४ महिना वितिसक्दा पनि अझै १८ प्रतिशतले खोप लगाउन बाँकी रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार १८ वर्ष माथिका ८२.४ प्रतिशत र ९३.५ प्रतिशतले कम्तीमा एक मात्रा खोप लगाएको मन्त्रालयले जनाएको छ ।
सरकारले चैत्र मसान्तसम्ममा १८ वर्षमाथिका एक करोड ९९ लाख २२ हजार १६४ जनालाई खोप दिइसक्ने लक्ष्य राखेको छ । त्यसमध्ये ४ करोड ६८ लाख १०९ मात्रा खोप लगाइएको मन्त्रालयलको तथ्यांकमा उल्लेख छ । जसमा पहिलोपटक एक मात्रा खोप लगाउनेको संख्या १ करोड ८७ लाख ६८ हजार ८३९ छ । त्यस्तै पूर्ण मात्रा खोप लगाउनेको संख्या एक करोड ९१ लाख १५ हजार ६५७ मन्त्रालयले जनाएको छ ।
नेपालको कूल जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार ४८० छ । जसमध्ये ६५.५ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् भने ७५.५ प्रतिशतले एक मात्रा मात्र लगाएका छन् । नेपालमा ११ वर्षदेखि १७ वर्षसम्मका ७३ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् भने सोही उमेर समूहका ९१.० प्रतिशतले एक मात्रा खोप लगाएका छन् । नेपालमा यस उमेर समूहको जनसंख्या ३४ लाख ५ हजार ४५५ रहेको छ ।
कतिले लगाए बुस्टर डोज ?
त्यस्तै २१ लाख ८३ हजार ९१३ जनाले बुस्टर डोज लगाएका छन् । बुस्टर डोजको पूर्ण मात्रा अघिल्लो मात्रा खोप लगाएको ६ महिना पुगेपछि अनिवार्य रुपमा लगाउनुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिलभूषणलाई कानुन बमोजिमबाहेक पक्राउ नगर्न अन्तरिम आदेश
-
मकवानपुरको थाहा नगरपालिकामा ५० वर्षीया महिलाको हत्या
-
सचिव हुन नपाएको झोँकमा मन्त्रालयनै गइनन् संगीता, साढे ३ महिनादेखि बिदामा
-
कालोसूचीमा परेको ठेकेदार कम्पनीलाई १८ करोडको ठेक्का
-
श्रेष्ठको रिट खारेज भएसँगै नेपालखबर र बिजमाण्डुले समाचार हटाउन नपर्ने
-
घरेलु श्रमिक सम्बन्धी महासन्धि सी– १८९ अनुमोदन गर्न श्रममन्त्रीलाई ध्यानाकर्षण