निफमा चलचित्रकर्मीको बहस : कस्तो बन्नुपर्छ अबको सिनेमा ?
नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) को दोस्रो दिन नेपाली चलचित्रको भविष्यको विषयमा छलफल भएको छ। शुक्रबार चलचित्र निर्माणसम्बन्धी तीन विषयमाथि छलफल भएको हो । नेपाल पर्यटन बोर्डमा नेपाली सिनेमाको अबको बाटो, भारतीय चर्चित स्वतन्त्र चलचित्रकर्मी सुदिप्तो आचार्यको चलचित्र निर्माण सम्बन्धि कक्षा र चलचित्रमा अबको बाटो विषयमा छलफल भएको हो।
निफको दोस्रो दिनको पहिलो सामूहिक छलफलमा नेपाली सिनेमाः अबको बाटो विषयमा छलफल भएको थियो। छलफलमा कलाकार तथा निर्माता रवीन्द्र सिंह बानियाँ, वितरक तथा निर्माता सुशील पौडेल र डिसहोमका प्रबन्ध निर्देसक सुदीप आचार्यसँग बहस भएको थियो। बहसमा चलचित्रको विकास र स्तरीयता विकासका साथै फिल्मको बजारीकरण र कथावस्तुमा थोरै मेहनत गरे अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन सकिने वक्ताहरूले धारणा राखेका थिए।
कलाकार तथा निर्माता रविन्द्र सिंह बानियाँले नेपाली फिल्मको भविष्य उज्वल भएको बताए । यस्तै निर्माता तथा वितरक सुशील पोखरेलले पहिले जस्तो निर्माता बाँचे फिल्म बाँच्छ भन्ने धारण नयाँ पुस्ताले बिर्सिएको दुखेसो पोखे ।
डिस होमका ब्यवस्थापकिय निर्देशक सुदीप आचर्यका अनुसार नेपाली फिल्म कपी कन्टेनटबाट टाढा बस्नसके भविष्य राम्रो छ। यस्तै दोस्रो बहसमा भारतीय चर्चित स्वतन्त्र चलचित्रकर्मी सुदिप्तो आचार्यले फिल्ममाथि सबैभन्दा पहिले निर्माण समूहले नै स्वीकार गर्नैपर्ने बताए। उनले दर्शक फिल्मका लागि दोस्रो माध्यम भएकाले सबैभन्दा चलचित्रकर्मीले नै कथा स्वीकार गरेर जानुपर्ने बताए।
बहशमा कलाकार दिव्यादेवले अबको फिल्ममा पात्र निर्माण र कथालाई महत्व दिनुपर्ने बताए। उनले कथाको विषयवस्तुलाई न्याय गर्नेगरी पात्र निर्माण गर्न चुनौतीपूर्ण भएकोमा त्यसमा काम गर्नैपर्ने बताए। निर्देशक श्रेष्ठले कुनै पनि मुद्दा उठाउँदा पात्रको संख्या नभएर कथा मुद्दामा कति संवेदनशील छ भन्ने विषयलाई बढी ध्यान दिनुपर्ने बताए ।
विभिन्न शर्ट, डक’मेन्ट्री तथा फिचर गरी बीसओटा फिल्मको प्रदर्शन गरिएकोमा महोत्सवमा दर्शकहरुको बाक्लो उपस्थिति रहेको थियो। महोत्सव २१ चैतसम्म चल्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शाे बढाउँदै चलचित्र ‘गौँथली’
-
बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर–७२–६००
-
युवालाई प्रविधिसँग जोड्दै सामसङ, कोडिङ र प्रोग्रामिङ कोर्स सफलतापूर्वक सम्पन्न
-
रास्वपाद्वारा सांसद पौडेलमाथि भएको प्रहारको भत्र्सना
-
मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु
-
मुकबाङ भिडियोका लागि ३ वर्षीया छोरीको तौल ३५ केजी पुर्याएपछि...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण