बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भाजपाको मुख्यालयमा प्रधानमन्त्री देउवाको स्वागत

शुक्रबार, १८ चैत २०७८, २० : ५८
शुक्रबार, १८ चैत २०७८

भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) को मुख्यालय पुगेका छन् । 

तीन दिनको भ्रमणका लागि आज भारत पुगेका देउवा विमानस्थलबाट विदेशमन्त्री एस जयशंकरसँग भेटपछि भाजपाको मुख्यालय पुगेका छन् । पार्टी कार्यालयमा देउवालाई भाजपाका अध्यक्ष जगतप्रकाश नड्डाले स्वागत गरेका थिए ।

५० सदस्य टोलीका साथ देउवा आज भारत भ्रमणमा गएका हुन् । उनले भोली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप