सिमकोटमा दैनिक उपभोग्य बस्तुको अभाव
हुम्ला जिल्लाको सदरमुकाम सिमकोटमा दैनिक उपभोग्य सामग्रीको अभाव भएको छ । करिब एक महिनादेखि हुम्लाको सदरमुकाम सिमकोटमा नियमित रूपमा हवाई उडान नभएपछि दैनिक दिन प्रयोग गरिने सामग्रीको अभाव भएको हो ।
जिल्ला बाहिरबाट नियमित रूपमा हवाई जहाज उडान नहुँदा यो वर्ष हुम्ला जिल्लाको सदरमुकाम सिमकोट बजारका व्यवसायी र उपभोक्ताले विभिन्न उपभोग्य बस्तुको संकट खेप्नु परेको छ । दैनिक जसो उपभोग गर्ने उपभोग्य वस्तुमा तेल, चिनी, चिउरालगायतका सामग्रीको अभाव हुँदै गएको छ । गाउँबाट समान किन्न आएका उपभोक्ता बजारमा तेल, चिनीलगायतका खाद्य बस्तु नपाउँदा रित्तो हातमा घर फर्कन बाध्य भएका छन् ।
दैनिक दिन उपभोग गर्ने उपभोग्य बस्तुको हाहाकार भएपछि बजार व्यवसायी र सेवाग्राही दैनिक दिन उपभोग्य वस्तुबाट वञ्चित हुनु परेको छ ।
बजारमा फाट्टफुट्ट पाइने तेलको पनि बहुमूल्यमा बिक्री हुने गरेको छ ।
एक पोका धारा तेलको २ सय ५० र स्वस्तिक तेलको १ सय ९० रुपैयाँ लिने गरेपछि उपभोक्ताहरू समेत मर्कामा पर्दै आएका छन् । त्यस्तै जिल्ला बाहिरबाट आउने प्याज, टमाटर, धनियाँ, साग लगायतका तरकारीको पनि अभाव भएको छ ।
एक महिना अगावैदेखि जिल्ला सदरमुकाम सिमकोटमा नियमित रूपमा हवाई उडान नभएपछि विभिन्न सामग्रीको अभाव हुँदै आएको हो । यहाँका नागरिकले चाहेको समयमा नत कुनै पनि सामग्री उपभोग गर्न पाएका छन् नत भनेको बेला जिल्ला बाहिर आवतजावत गर्न पाएका छन् ।
शनिबार मात्रै नेपालगन्जबाट दुई तीन फ्लाइट जहाजले उडान भर्दा टमाटर, प्याज र कुखुराको मासु आयत भएको थियो । तर, पनि यहाँका व्यवसायीले नेपालगन्जको भन्दा दोब्बर मूल्यमा बिक्री गरेका छन् ।
नेपालगन्जमा मासुको ४ सय पर्ने गरेको भए पनि चैत १९ गतेदेखि सिमकोट माथिल्लो बजारमा रहेका कुखुराको मासु पसलेले एक किलोको ८ सय रुपैयाँ लिएर मनोमानि ढंगले मूल्य असुल्ने र बिक्री गरेको पाइएको छ । त्यस्तै खसिको मासुको पनि बजारमा १ हजार १ सय रुपैयाँ लिँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध
-
६ जिल्लाका साना नदीमा बाढीको उच्च जोखिम
-
मधेस प्रदेशसभा बैठकः बजेटसम्बन्धी कार्यदलको प्रतिवेदन प्रस्तुत हुने
-
अविरल वर्षाले नवलपुरमा पहिरो र डुबान, नौ घरपरिवार प्रभावित
-
पैदलयात्रीको सुरक्षाका लागि जावलाखेलमा 'स्मार्ट सेफ्टी ब्यारेड' सञ्चालन (तस्बिरहरू)
-
साम्राज्यवादको घेराबन्दी र एसियाली प्रतिरोधको नयाँ सङ्कल्प
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण