निरन्तर ओरालोतर्फ नेप्से : आज १४ अंकले घट्दै २५ सयको बिन्दुमा
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा १४ अंकको गिरावट आएको छ । कारोबार समयदेखि नै घट्न थालेको नेप्से परिसूचक अन्तिम समयसम्ममा १४ अंकले घटेर २४ सय ९८ अंकको बिन्दुमा आइपुगेको हो ।
आज नेप्सेमा २५ सय १२ अंकको विन्दुबाट कारोबार सुरू भएको थियो । जसमा अन्तिम कारोबार समयअवधिसम्ममा ०.५९ प्रतिशतको गिरावट आएको हो । आज कारोबार रकम पनि उल्लेख्य छैन ।
कारोबार अवधिभरमा ३४ लाख २९ हजार कित्ता सेयर १ अर्ब ५८ करोड रुपैयाँ बराबरमा कारोबार भएको छ । यसक्रममा आज सबै १३ वटै समूहमा गिरावट आएको छ । जसमध्ये, निर्जीवन बीमा कम्पनी समूहमा २०० अंकको गिरावट आएको छ ।
यस्तै, जीवन बीमा समूहमा ११७ अंकको गिरावट आउँदा व्यापार समूहमा ३२ अंकको गिरावट आएको छ । यसैगरी, विकास बैंक समूहमा २४ अंकको तथा जलविद्युत समूहमा २२ अंकको गिरावट आएको छ ।
आज नेष्डो लघुवित्त वित्तीय संस्था र राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको सेयर लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यी दुई वटै कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सदस्य सचिव घिसिङ र एन्टी डोपिङ प्रतिनिधिबिच भेट
-
अपर तामाकोसीको पीपीए पुनरावलोकन हुने
-
नेपालको दिगो विकासका लागि निजी क्षेत्रसँग सहकार्य बढाउने अन्तर्राष्ट्रिय वित्त निगमको प्रतिबद्धता
-
वन्यजन्तु तस्कर कुन्जोक सम्पत्ति शुद्धीकरणमा पनि दोषी ठहर
-
दुई एआईजीको सरुवा, जोशी र ढकालको पदस्थापन
-
इन्ड्राइभको योरपेस किप फिट सर्किट नेपाल रनिङ कार्यक्रम घोषणा