आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेशको मन्त्रिपरिषद बैठकले गर्‍यो ९ निर्णय

सोमबार, २१ चैत २०७८, २१ : २७
सोमबार, २१ चैत २०७८

लुम्बिनी प्रदेशको मन्त्रिपरिषद बैठकले विभिन्न ९ निर्णय गरेको छ । सोमबार साँझ बसेको बैठकले लुम्बिनी प्रदेशको राजधानीको गुरुयोजना स्वीकृतीदेखि  परिमार्जित सञ्चार  विद्येयक प्रदेशसभामा प्रवेश गर्न स्वीकृती दिनेसम्मका निर्णय गरेको हो । 

लुम्बिनी प्रदेशमा २०७९ सालको सार्वजनिक, पर्व विदा र कार्यालय समय पनि स्वीकृती गरेको छ । यस्तै कानुन महिला तथा बालबालिका मन्त्रालयले विज्ञ सदस्य तथा सदस्यहरु मनोनीत गर्ने भएको छ । लुम्बिनी प्रदेश यातायात लिमिटेड स्थापना गर्ने पनि बैठकले निर्णय गरेको छ ।

यस्तै प्रदेशमा निःशुल्क रक्तसञ्चार कार्यविधि, प्रदेश अस्पताल तथा मेडिकलमा विशेषज्ञ चिकित्सक परिचालन तथा संचालन कार्यविधि  स्वीकृती गरेको एक मन्त्रीले बताए । यस्तै प्रदेश स्वास्थ्य विशेष आर्थिक सुविधा संशोधन गरेको छ । प्रदेश स्वास्थ्य साझेदारी कार्यक्रम संचालन तथा व्यवस्थापन निर्देशिका स्वीकृती गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप