त्रिस्टलसँग आर्सनल पराजित
मङ्गलबार, २२ चैत २०७८, ०७ : ४०
प्रिमियर लिग फुटबलमा आर्सनल पराजित भएको छ । सोमबार राति भएको खेलमा आर्सनल क्रिस्टल प्यालेससँग ३–० ले पराजित भएको हो । पराजित भएसँगै आर्सनलले शीर्ष चारमा आफूलाई स्थापित गर्ने मौका गुमाएको छ । क्रिस्टलले घरेलु मैदानमा खेलको १६ औं मिनेटमा अग्रता बनाएको थियो । जिन फिलिपे माटेटाले गोल गर्दै क्रिस्टल प्यालेसलाई सुरुआती अग्रता दिलाएका थिए ।
जोर्डन एयुले २४ औं मिनेटमा गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए । ७४ औं मिनेटमा विल्फ्रिड जाहाले पेनाल्टीबाट गोल गर्दै क्रिस्टल प्यालेसलाई ३–० को जित दिलाए । जितसँगै क्रिस्टल प्यालेसले ३० खेलमा ३७ अंक जोडेर तालिकाको नवौं स्थानमा उक्लिएको छ । पराजित आर्सनल ५४ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस नफुटाउन स्थानीय तहका जनप्रतिनिधिको दबाब, तस्बिरहरू
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण