त्रिस्टलसँग आर्सनल पराजित
मङ्गलबार, २२ चैत २०७८, ०७ : ४०
प्रिमियर लिग फुटबलमा आर्सनल पराजित भएको छ । सोमबार राति भएको खेलमा आर्सनल क्रिस्टल प्यालेससँग ३–० ले पराजित भएको हो । पराजित भएसँगै आर्सनलले शीर्ष चारमा आफूलाई स्थापित गर्ने मौका गुमाएको छ । क्रिस्टलले घरेलु मैदानमा खेलको १६ औं मिनेटमा अग्रता बनाएको थियो । जिन फिलिपे माटेटाले गोल गर्दै क्रिस्टल प्यालेसलाई सुरुआती अग्रता दिलाएका थिए ।
जोर्डन एयुले २४ औं मिनेटमा गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए । ७४ औं मिनेटमा विल्फ्रिड जाहाले पेनाल्टीबाट गोल गर्दै क्रिस्टल प्यालेसलाई ३–० को जित दिलाए । जितसँगै क्रिस्टल प्यालेसले ३० खेलमा ३७ अंक जोडेर तालिकाको नवौं स्थानमा उक्लिएको छ । पराजित आर्सनल ५४ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘राष्ट्र बैंकको प्रावधानले गहना व्यवसायी समस्यामा’
-
सिक्री लुटेको आरोपमा किशोर पक्राउ
-
सिटीलाई ऐतिहासिक लगातार चौथो लिग उपाधि
-
पोखरामा लागुऔषध सेवनकर्ता विरुद्ध प्रहरीको स्विप अपरेसन
-
राहुल गान्धीले भने- ‘सत्तामा आएपछि अग्निवीर योजनालाई डस्टबिनमा फाल्छौँ’
-
इरानी राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना हुनुअघिको तस्बिर सार्वजनिक