शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

चुनाव प्रचारमा आयोगको कडाई : रेडियो टिभीबाट उम्मेदवारले २ मिनेट बढी प्रचार गर्न नपाउने

मङ्गलबार, २२ चैत २०७८, १८ : १९
मङ्गलबार, २२ चैत २०७८

निर्वाचन आयोगले आगामी बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा सहभागी हुने राजनीतिक दल र उम्मेदवारहरूको प्रचार प्रसारमा कडाइ गरेको छ ।

आयोगले मंगलबार राजनीतिक दलहरूलाई ६० बुँदे निर्देशन दिदै प्रचार शैलीमा कडाइ गरेको हो । जसमा अनुमतिबिना निजी घरजग्गा र सार्वजनिक भवन, उद्यान, सडकका पोल वा कुनै पनि

सार्वजनिक स्थानमा दलको झण्डा, दल वा उम्मेदवारको निर्वाचन चिन्ह राख्न वा टाँस्न नपाउनेदेखि २४ घण्टामा दुई पटक भन्दा रेडियो टेलिभिजनबाट उम्मेदवारको प्रचार प्रसार गर्न नपाउने उल्लेख छ ।

त्यस्तै आयोगको निर्देशनमा क्लब, सामाजिक संस्था, धार्मिक संस्था, आमा समूह, गैरसरकारी संस्था, आश्रम जस्ता संस्थालाई नगद वा जिन्सी वितरण गर्न, अनुदान वा आर्थिक सहायता, चन्दा, पुरस्कार दिन वा दिने घोषणा गर्न नहुने पनि उल्लेख छ ।

निर्वाचन प्रचार प्रसार, आमसभा तथा जुलुसमा अठार वर्ष उमेर पूरा नभएका बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने निर्देशन दिएको आयोगले ‘स्थानीय तह सदस्यको निर्वाचनमा भाग लिने उम्मेदवारले टेलिभिजन, रेडियो वा एफ.एम. रेडियोको माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्दा चौबीस घण्टामा बढीमा दुई पटक र एक पटकमा बढीमा एक मिनेट बाहेक प्रसारण गराउन नहुने’ भनेको छ ।

आयोगले मौन अवधि शुरू हुनुभन्दा अगाडि मतदान स्थलको ३०० मिटर वरिपरी राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचार प्रसारका सामग्री हटाउनु पर्ने, मौन अवधिमा कुनै पनि विधि, प्रकृया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नहुने तथा  मौन अवधिमा सामाजिक सञ्जाल, अनलाईन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचार प्रसारका सामग्री पोष्ट वा शेयर गर्न वा गराउन नहुने जनाएको छ ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप