मधेश प्रदेश सरकारले २०७९ सालमा कहिले–कहिले दिँदैछ बिदा ? (सूचीसहित)
२०७९ का लागि मधेश प्रदेश सरकारले दिने बिदाको सूची तयार भएको छ । राजपत्रमा प्रकाशित सूचनाअनुसार २०७९ मा मधेश प्रदेश सरकारले ११ दिन सार्वजनिक विदा निर्धारण गरेको छ ।
आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले जारी गरेको प्रदेश राजपत्रमा वैशाख १ गतेदेखि चैत मसान्तसम्म संघीय सरकारले दिने बिदाको अतिरिक्त विदा दिने गरी सूचना प्रकाशित गरेको जनाइएको छ ।
मन्त्रिपरिषद बैठकले विभिन्न अवसरमा वर्ष भरिमा ११ दिन सार्वजनिक विदा दिने निर्णय गरेपछि राजपत्रमा प्रकाशन भएको हो ।
राजपत्रमा प्रकाशित विदाको सूचीमा वैशाख २ गते जुडसितलको सिरुवा पानी र वैशाख २७ गते जानकी नवमी रहेको छ । इस्लाम धर्मालम्वीहरुको ईद उल अजहा, इद उलफित्र र पैगम्बर मोहम्मदको जन्मदिवसको अवसरमा सार्वजनिक विदाको दिने भनिएपनि मिति भने किटान गरिएको छैन । तिथिअनुसार सो पर्वमा विदा दिइने भनि राजपत्रमा उल्लेख छ ।
त्यस्तै छठ पर्वको पारनको दिन कार्तिक १४ गते, सीताराम विवाहपञ्चमीको अवसरमा मंसिर १२ गते, बलिदानी दिवसको अवसरमा माघ ५ गते, जनयुद्ध दिवसमा फागुन १ गते, होली पर्वको अवसरमा फागुन २४ गते र रामनवमीमा चैत १६ गते सार्वजनिक विदा रहने प्रदेश सरकारले बिदा निर्धारण गरेको राजपत्रमा उल्लेख गरिएको छ ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण