शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मधेश प्रदेश सरकारले २०७९ सालमा कहिले–कहिले दिँदैछ बिदा ? (सूचीसहित)

मङ्गलबार, २२ चैत २०७८, २० : ५९
मङ्गलबार, २२ चैत २०७८

२०७९ का लागि मधेश प्रदेश सरकारले दिने बिदाको सूची तयार भएको छ । राजपत्रमा प्रकाशित सूचनाअनुसार २०७९ मा मधेश प्रदेश सरकारले ११ दिन सार्वजनिक विदा निर्धारण गरेको छ । 

आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले जारी गरेको प्रदेश राजपत्रमा  वैशाख १ गतेदेखि चैत मसान्तसम्म संघीय सरकारले दिने बिदाको अतिरिक्त विदा दिने गरी सूचना प्रकाशित गरेको जनाइएको छ ।

मन्त्रिपरिषद बैठकले विभिन्न अवसरमा वर्ष भरिमा ११ दिन सार्वजनिक विदा दिने निर्णय गरेपछि राजपत्रमा प्रकाशन भएको हो । 

राजपत्रमा प्रकाशित विदाको सूचीमा वैशाख २ गते जुडसितलको सिरुवा पानी र वैशाख २७ गते जानकी नवमी रहेको छ । इस्लाम धर्मालम्वीहरुको ईद उल अजहा, इद उलफित्र र पैगम्बर मोहम्मदको जन्मदिवसको अवसरमा सार्वजनिक विदाको दिने भनिएपनि मिति भने किटान गरिएको छैन । तिथिअनुसार सो पर्वमा विदा दिइने भनि राजपत्रमा उल्लेख छ ।

त्यस्तै छठ पर्वको पारनको दिन कार्तिक १४ गते, सीताराम विवाहपञ्चमीको अवसरमा मंसिर १२ गते, बलिदानी दिवसको अवसरमा माघ ५ गते, जनयुद्ध दिवसमा फागुन १ गते, होली पर्वको अवसरमा फागुन २४ गते र रामनवमीमा चैत १६ गते सार्वजनिक विदा रहने प्रदेश सरकारले बिदा निर्धारण गरेको राजपत्रमा उल्लेख गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप