दीपराज गिरीको कटाक्ष : छोरो घर फर्किदा काँग्रेस बनेर आउला भन्ने डर भो
चर्चित कलाकार दीपकराज गिरीले छोरो घर फर्किदा काँग्रेस भएर आउला भन्ने डर भएको बताएका छन् । पछिल्लो समय विभिन्न राजनीतिक पार्टीमा अन्य पार्टीका ब्यक्ति भित्र्याउने चलेको होड प्रति गिरीले सामाजिक संजालमा तिखो ब्यङ्ग्य गर्दै यस्तो अभिब्यक्ति राखेका हुन् ।
‘बाले काँग्रेस हुँ भन्नुहुन्थ्यो । घरमा एक हुल नेता आएर एमाले बनाई दिएर गएछन् । सूर्यलाई भोट हाल्ने मेरी आमा पधेरीबाट आउदा माओवादी प्रवेश गरिछिन्’ उनी सामाजिक संजालमा अगाडि लेख्छन् ‘छोरो अहिले घरमा आएको छैन । काँग्रेस बनेर आउनला भन्ने डर भो ।’ उनले देशको हालत भन्दै आफ्नो कुरो बिट मारेका छन् ।
समसामयिक बिषयमा तिखो ब्यङ्ग्य प्रहार गर्न माहिर गिरीको बिषयमा केही दिन अगाडि माओवादीमा प्रवेश गरेको हल्ला चलेको थियो । उक्त हल्लाको सम्बन्धमा पनि उनले सामाजिक संजालबाट एक पोष्ट गर्दै आफु कहीँ नगएको स्पष्ट परेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको टेक्सासमा आईसीईको गोलीबाट मारिएका आप्रवासीका छोराहरूको पीडा : ‘हाम्रा बुबाका लागि न्याय चाहिन्छ’
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
डा. गोविन्द केसीको स्वास्थ्य कमजोर बन्दै, सरकारले थाल्यो संवादको पहल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण