मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

६१ वर्षीय पुरुषले लगाए कोभिड–१९ को ९० डोज खोप

बुधबार, २३ चैत २०७८, १४ : ५५
बुधबार, २३ चैत २०७८

एक नाम नखुलाइएको ६१ वर्षीय पुरुषले जर्मनमा  कोभिड–१९ खोपको  ९० डोज लिएको पाइएको छ । उनी खोप लिन नमानेका मानिसलाई खोपको प्रमाण पत्र बिक्री गरेर पैसा कमाउन चाहन्थे । 

नाम सार्वजनिक नगरिएका पूर्वी जर्मन सहर माग्देबर्गका पुरुषले विभिन्न खोप केन्द्रबाट कोभिड–१९ को ९० डोज लिन सफल भएका थिए । उनी यसै महिनाको सुरुमा पक्राउ परेका थिए ।

उनलाई इलेनबर्गको साक्सोनी खोप केन्द्रमा दोस्रो दिन पनि खोप लगाउन आएपछि उनको यस किसिमको अचम्मको काम सार्वजनिक भएको हो । उनले त्यहाँ पनि कोभिडको खोप दिनका लागि आग्रह गरेका थिए ।
उनी यो खोप कार्ड  खोप नलगाएकाहरुलाई बिक्री गरेर पैसा कमाउन चाहन्थे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप