प्रचण्डले भने,‘अब प्रचण्डकी छोरी रेनु होइन रेनुको बुवा प्रचण्ड बन्न पुगे’
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले आफू भरतपुर महानगरपालिका मेयर रेनु दाहाल प्रचण्डको मात्रै छोरी नभएको बताएका छन्। चितवनको भरतपुरमा आयोजित लालपूर्जा वितरण कार्यक्रममा बोल्दै प्रचण्डले रेनु प्रचण्डको छोरी नभएर रेनुको बुवा प्रचण्ड भएर चिन्न थालिएको बताए।
‘२०७४ सालमा रेनु आउँदा सबैले प्रचण्डको छोरी आइ भन्ने गर्थे । यद्यपी रेनुको आफ्नै त्याग,तपस्या थियोे। रोल्पा रुकुमका जिल्लादेखि भारतका विभिन्न सहरमा भूमिगत रुपमा काम गरेका आफ्नै अनुभव थिए’ प्रचण्डले भने, ‘मलाई खुसी छ । प्रचण्डको छोरी होइन रेनुको बुवा प्रचण्ड भएको छ। महिलाहरुले चाहे भने धेरै गर्न सक्छन भन्ने पुष्टी भएको छ।’ महिलाले आट गरेमा गर्न सक्छन भन्ने भूमी मन्त्री शशी श्रेष्ठदेखि उर्जा मन्त्री पम्फा भुसालले पुष्टी गरेको प्रचण्डले दाबी गरे।
‘महिलाले अग्रसरता लिँदा इमान्दारीता, लगनशीलता सुशासन तुलनात्मक रुपमा बढी देखियो । त्यहीँ भएर बढी भन्दा बढी पालिका मेयर उपमेयर बनाउन सोचेको छु’ प्रचण्डले भने, ‘एक पटक मलाई इच्छा महिलालाई अलि बढी नै जिम्मेवारी दिएर हेरौं न भन्ने छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण