अन टेस्ट मोटरसाइकल दुर्घटना, युवक गम्भीर
बाराको कलैया–मटिअर्वा सडक खण्ड अन्तर्गत बाराको कलैया उपमहानगरपालिका १२ विशम्भरपुरमा बुधवार भएको अन टेस्ट मोटरसाइकल दुर्घटनामा परी एक युवक गम्भीर घाइते भएका छन् । घरबाट कलैया तर्फ आउने क्रममा तीव्र गतिमा गुडाएको मोटरसाइकल आफै अनियन्त्रित दुर्घटनाग्रस्त हुँदा मोटरसाइकल चालक विशम्भरपुर निवासी २३ वर्षीय शिवनाथ साह गम्भीर घाइते भएका हुन् ।
घाइते साहको टाउको लगायत शरीरको विभिन्न भागमा गम्भीर घाउचोट लागेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिए । घाइते साहलाई स्थानीय बासिन्दाको सहयोगमा उपचारको लागी प्रादेशिक अस्पताल कलैयामा पुर्याएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि उनलाई थप उपचारको लागी वीरगन्ज न्युरो अस्पतालमा रेफर गरिएको अस्पतालका चिकित्सकले जानकारी दिए । दुर्घटनाग्रस्त मोटरसाइकल प्रहरी चौकी बसपार्कको नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
-
वैदेशिक रोजगारीमा जानेको बिमा व्यवस्थापनलाई श्रमिकमैत्री बनाइने
-
अर्जेन्टिना पराजित भएपछि ब्युनस आयर्समा झडप, १५ जना पक्राउ
-
‘मोबाइल फोन प्रसारण प्रणाली’ मार्फत विपद्को पूर्वसूचना दिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण