अन टेस्ट मोटरसाइकल दुर्घटना, युवक गम्भीर

बाराको कलैया–मटिअर्वा सडक खण्ड अन्तर्गत बाराको कलैया उपमहानगरपालिका १२ विशम्भरपुरमा बुधवार भएको अन टेस्ट मोटरसाइकल दुर्घटनामा परी एक युवक गम्भीर घाइते भएका छन् । घरबाट कलैया तर्फ आउने क्रममा तीव्र गतिमा गुडाएको मोटरसाइकल आफै अनियन्त्रित दुर्घटनाग्रस्त हुँदा मोटरसाइकल चालक विशम्भरपुर निवासी २३ वर्षीय शिवनाथ साह गम्भीर घाइते भएका हुन् ।
घाइते साहको टाउको लगायत शरीरको विभिन्न भागमा गम्भीर घाउचोट लागेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिए । घाइते साहलाई स्थानीय बासिन्दाको सहयोगमा उपचारको लागी प्रादेशिक अस्पताल कलैयामा पुर्याएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि उनलाई थप उपचारको लागी वीरगन्ज न्युरो अस्पतालमा रेफर गरिएको अस्पतालका चिकित्सकले जानकारी दिए । दुर्घटनाग्रस्त मोटरसाइकल प्रहरी चौकी बसपार्कको नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोल्पामा आगामी जेठ पहिलो सातादेखि यार्सागुम्बा सङ्कलन
-
भ्यानले अटोरिक्सालाई ठक्कर दिँदा चालकको मृत्यु
-
प्रधानन्यायाधीशले पूर्वराजा भेटेको समाचार लेख्ने पत्रकारलाई धरौटीमा छाड्ने आदेश
-
‘एआईको प्रयोगले न्युज रुममा असर होइन, राम्रो गर्छ’
-
नौ महिनामा भएका सवारी दुर्घटनामा ७० जनाको मृत्यु
-
१० बजे १० समाचार : सिंहदरबारमा ओली–प्रचण्ड भेट, कांग्रेसले चार भ्रातृसंस्था भङ्ग गर्ने